+
+
Shares

एएफसी कपः अबहानीलाई हराउने लक्ष्यमा मनाङ

अनलाइनखबर अनलाइनखबर
२०७५ चैत १९ गते १५:१४

१९ चैत, काठमाडौं । घरेलु टोली मनाङ मर्स्याङ्दी क्लब एएफसी कप अन्तर्गत समूह ‘ई’ को आफ्नो पहिलो खेलमा जित हात पार्ने लक्ष्यमा छ ।

बुधबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेलमैदानमा दिउँसो तीन बजे सुरु हुने खेलमा नेपालको ए डिभिजन लिग च्याम्पियन मनाङ बंगलादेशाको ढाका अबहानीलाई पराजित गर्दै शुखद सुरुवात गर्ने लक्ष्यमा छ ।

मंगलबार सातदोबोटोमा भएको प्रिम्याच कफ्रेन्समा बोल्दै मनाङका प्रशिक्षक छिरिङ लोप्साङले अबहानीलाई हराउने आफ्नो उद्देश्य भएको बताएका छन् । यता, कप्तान विराज महर्जनले पनि मनाङ शारीरिक र मानसिक रुपमा अबहानी क्लबविरुद्ध खेल्न तयार भएको बताए ।

निकै बलियो टिमको रुपमा परिचित अबहानीेका प्रशिक्षक मारियो लेमोसले घरेलु टिमविरुद्ध जितको लागि खेल्ने बताए । आफ्नो टिमको लक्ष्य एएफसी कपको दोस्रो चरणमा पुग्ने भएको कारण मनाङलाई पाखा लगाउने आफ्नो रणनीति भएको बताए ।

होम एन्ड अवेको आधारमा हुने प्रतियोगिताको समूह ‘इ’ मा मनाङसँगै, बंगलादेशको ढाका अबहानी, भारतका दुई क्लब मिनर्वा पञ्जाब र चेन्नाईयीन रहेका छन् ।

Results

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?