+
+
Shares

बलात्कार मुद्दामा विवादित आदेश दिएका न्यायाधीश पनि उच्च अदालतमा सिफारिस

अनलाइनखबर अनलाइनखबर
२०७५ चैत १९ गते १५:०९

१९ चैत, काठमाडौं । पर्याप्त प्रमाण र आधार हुँदाहुँदै बलात्कार तथा ज्यान मार्ने उद्योगका आरोपीलाई साधारण तारेखमा रिहा गरेका जिल्ला न्यायाधीश बालमुकुन्द दवाडी उच्च अदालतको न्यायाधीशमा सिफारिस भएका छन् ।

राजधानीमा मंगलबार बसेको न्याय परिषद्को बैठकले दवाडीसहित १८ जनाको नाम सिफारिस गरेको हो ।

ललितपुरका जिल्ला न्यायाधीश दवाडीको एकल इजलाशले २६ पुस ०७४ मा सामुहिक बलात्कार, ज्यान मार्ने उद्योग र चोरी मुद्दाका तीनजना आरोपीलाई साधारण तारेखमा छाड्ने आदेश दिएको थियो ।

त्यसको एक महिनापछि २५ माघमा त्यो फैसलालाई उच्च अदालत, पाटनले बदर गर्‍यो । प्रतिवादीहरूलाई साधारण तारेखमा छाड्ने दवाडीको आदेशलाई उच्च अदालतले ‘बेरित’को आदेश ठहर्‍याएको थियो ।

न्यायाधीश दवाडीको इजलाशले छाड्न आदेश दिएका तीनजनालाई गत फागुन १७ गते जिल्ला अदालतले दोषी ठहर गर्दै सामूहिक बलात्कारमा १० वर्ष, ज्यान मार्ने उद्योगमा १० वर्ष र चोरीमा ६० दिन जेल सजायँ र एक/एक लाख रुपैयाँ क्षतिपूर्ति भराउने फैसला गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?