
१३ चैत, धरान । पूर्वको प्रमुख पर्यटकीय नगरी धरानमा बन्ने विमानस्थलको सर्भे छ ड्रोनद्वारा गर्न सुरू भएको छ । यो सँगै १७ वर्ष पछि विमानस्थल निर्माण कार्यले औपचारिकता पाएको हो ।
पर्यटनमन्त्रीको कार्यभार जीवनबहादुर शाहीले पाएलगत्तै धरानबाट प्रतिनिधित्व गर्ने सांसद तथा कांग्रेसका केन्द्रिय सदस्य मीन विश्वकर्माले विमास्थल निर्माण कार्यलाई अघि बढाउन पहल गरेका थिए ।
त्यसपछि तत्कालीन मन्त्री शाहीले विमानस्थल निर्माणका लागि तत्काल २ करोड विनियोज गर्न लगाएका थिए । कर्णालीको कालिकोट विमानस्थल ३१ वर्षपछि सञ्चालनमा ल्याउन सफल भएका शाहीले १७ वर्ष देखि अलपत्र धरान विमानस्थल निर्माणका लागि पनि विशेष पहल गरेका थिए ।
शाहीको निर्देशन र सांसद विश्वकर्माको पहलमा नागरिक उड्डयन प्राधिकरणले धरान विमानस्थल निमार्ण अघि बढाउन सुरु गरेको थियो ।
शाहीको नेतृत्वमा उच्चस्तरीय प्राविधिक टोली धरान गएर स्थलगत अवलोकन गरेको थियो । सर्भे सम्पन्न भएसँगै छिटै विमानस्थल सञ्चालनमा आउने विश्वास रहेको धरानका सांसद विश्वकर्माले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4