Comments Add Comment

पत्रपत्रिकाको फ्रन्टपेजः कांग्रेस बैठकदेखि मधेसी दलको एकता प्रयाससम्म

१४ चैत, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सुरु भएको र बैठकले कार्यसम्पादन समिति गठन गरेको समाचारलाई सोमबार काठमाडौंबाट प्रकाशित सबैजसो दैनिक पत्रिकाले फ्रन्टपेजमा स्थान दिएका छन् । कांग्रेसले प्रदेशको सीमाङ्कन आयोगमार्फत टुंग्याएर निर्वाचनमा जान सकिने निष्कर्ष समेत निकालेको छ । त्यस्तै मधेसी केन्द्रित दलहरुबीच एकताको प्रयाससम्बन्धी समाचार पनि फ्रन्टपेजमा छापिएका छन् ।

यससँगै रासन खरिदमा नेपाली सेनामा भ्रष्टाचार भएको समाचारलाई अन्नपूर्ण पोस्ट् दैनिकले महत्वका साथ प्रकाशित गरेको छ ।
दुई सय २७ कामदार विदेशी जेलमा भएकोलाई मुख्य समाचार बनाएको नयाँ पत्रिका दैनिकले एसएसबीबाट मारिएका मोरङका वासुदेव साहको परिवारलाई सरकारले राहतस्वरुप १० लाख रुपैयाँ दिने तयारी गरेको समाचारलाई प्राथमिकता दिएको छ ।

‘हरेक निर्वाचनसँगै आउने सयौं गाडी कहाँ हराउँछ ?’ भन्दै मुख्य समाचार बनाएको नागरिक दैनिकमा ‘बिहेखर्च अब दुरुस्त राख्नुस् !’ शीर्षकको समाचारले महत्व पाएको छ । कान्तिपुर दैनिकले गोरखाका भूकम्पपीडितलाई पक्की घरको पर्खाइ कष्टपूर्ण भएको समाचारलाई फ्रन्टपेजमा छापेको छ ।

दलहरु उम्मेदवार छनोटको गृहकार्यमा सक्रिय भएकोलाई महत्व दिएको राजधानी दैनिकमा  कांग्रेसमा वरीयता विवाद भएको समाचारले पनि प्राथमिकता पाएको छ ।

नेपाल चीनसँग ‘एक क्षेत्र एक मार्ग’ मा सम्झौता गर्न तयार भएकोलाई खास महत्व दिएको गोरखापत्र दैनिकले विवाहमा १ सय ५० जना जन्ती लैजान मिल्ने व्यवस्था भएकोलाई एंकर बनाएको छ । नर्स हुन पुरुषको दौडधुप बढेकोलाई नेपाल समाचारपत्र दैनिकले फ्रन्टपेजमा छापेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment