Comments Add Comment

मधेसी मोर्चाको सहभागितामा तोकिएकै समयमा चुनाव हुन्छः गृहमन्त्री

१४ चैत, बिराटनगर । गृहमन्त्री बिमलेन्द्र निधिले सरकारले आगामी बैशाख ३१ गते घोषणा गरेको स्थानीय तहको निर्वाचन तोकिएकै समयमा एकै चरणमा हुने बताएका छन् ।

पूर्वाञ्चल क्षेत्रीय सुरक्षा समितिको बैठकका लागि सोमबार मोरङ आएका गृहमन्त्री निधिले बिराटनगर बिमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै मधेसी मोर्चासमेतको सहमति र सहभागितामा चुनावको वातावरण बनाउनेतर्फ सरकारले तयारी गरिरहेको जानकारी दिए ।

उनले भने, ‘दुई चरणमा चुनाव गर्ने बारेमा चर्चा भइरहे पनि सरकारले एकै चरणमा गर्ने निर्णय गरिसकेको छ, त्यसका लागि सुरक्षा लगायत सबै तयारी भइसकेको छ ।’

मधेसी मोर्चाको मूख्य मागको रुपमा रहेको सीमांकन हेरफेरबारे उच्चस्तरीय आयोग बनाएर चाँडै टुंग्याउन सरकार प्रयत्नशील रहेको गृहमन्त्री निधिले जानकारी दिए ।

निर्वाचन लक्षित सुरक्षा योजना बनाउन पूर्वाञ्चल क्षेत्रीय सुरक्षा समितिको बैठक अहिले क्षेत्रीय प्रहरी कार्यालयको सभाहलमा सुरु भएको छ ।

बैठकमा क्षेत्रीय प्रशासक, पूर्वाञ्चल प्रहरी प्रमुखसहित सबै जिल्लामा प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी प्रमुख लगायतका अधिकारीहरु सहभागी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment