Comments Add Comment

टकबहादुर घर फर्किएनन्, खोजी गरिदिन श्रीमतीको आग्रह


१६ चैत, काठमाडौं । मंगलबार दिउँसोदेखि बालाजुका टकबहादुर थापा हराएको भन्दै खोजि गरिदिन परिवारले आग्रह गरेका छन् । मंगलबार दिउँसो करिब १० बजेतिर घरबाट निस्कएका थापा बुधबारसम्म पनि घर नफर्किएको श्रीमती रेखा पुनले बताइन् ।

प्यारालाइसिसका कारण दाहिने हातखुटा नचल्ने अवस्थामा रहेका थापा घरबाट निस्कएर माछापोखरी तिर आएका थिए । तर त्यहाँबाट घर नफर्किएपछि परिवारले प्रहरीमा उजुरी गरेर खोजी गरे पनि नभेटिएको श्रीमती पुनले बताइन् ।

उनले भनिन्, ‘हिजो बिहानदेखि निस्कनु भएका श्रीमान अहिलेसम्म कतै भेटिनु भएको छैन । विरामी मान्छे, मोबाइल बोक्नु भएको छ, सुनको सिक्री पनि लगाउनु भएको छ, कसैले कुट्यो कि, लडेर बस्नु भएको छ कि कतै पत्ता लागेन । कसैले कतै देख्नु भयो भने खबर गरिदिनु हुन आग्रह गर्छु ।’

रातो स्वीटर र खैरो ट्राउजर लगाएका थापालाई देख्नुहुनेले प्रहरी कार्यालयमा वा  मोबाइल नम्बर ९८१८००६२०० मा सम्पर्क गरिदिन श्रीमतीले पुनले आग्रह गरेकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment