+

आइपिएलमा दिल्लीलाई ठूलो झड्का, जेपी डुमिनी र क्वीन्टन डिकक नखेल्ने

२०७३ चैत  १७ गते १४:५९ २०७३ चैत १७ गते १४:५९
आइपिएलमा दिल्लीलाई ठूलो झड्का, जेपी डुमिनी र क्वीन्टन डिकक नखेल्ने

१७ चैत, काठमाडौं । अर्को सातादेखि सुरु हुने १०औं संस्करणको इण्डियन पि्रमियर लिग आइपिएलको टोली डिल्ली डेयरडेभिल्सलाई ठूलो झड्का लागेको छ । ओपनर क्वीन्टन डिकक र अलराउण्डर जेपी डुमिनीले यस संस्करणको आइपिएलमा नखेल्ने भएका छन् ।

दिल्लीका प्रशिक्षक राहुल द्रविडले आसन्न आइपिएलमा आफ्ना मूख्य दुई खेलाडी नखेल्ने पुष्टि गरेका हुन् ।

डुमिनीले व्यक्तिगत कारणले खेल्ने नसक्ने जनाएका छन् भने डिककको औंला भाँच्चिएकाले खेल्ने नसक्ने भएका छन् । न्युजील्याण्डबिरुद्धको टेष्ट खेलमा दौरान उनको हातको औंलामा चोट लागेको थियो ।

‘पक्कैपनि हाम्रालागि यो निक्कै ठूलो झड्का हो कि डिकक र डुमिनीजस्ता खेलाडी हामीसँग छैनन्, अक्सन अगाडि नै यो भइदिएको भए अर्को राम्रो योजना बनाउन सकिन्थ्यो ।’ दिल्लीका कप्तान द्रविडले भने, ‘यद्यपि हामीसँग साम बिलिङजस्ता प्रतिभाशाली खेलाडी छन्, अब उनीहरु अगाडि आउँछन् ।’

द्रविडले अक्सनमा नविकेका उत्कृष्ट अलराउण्डरहरु न्युजील्याण्डका कोरी एण्डरसन तथा श्रीलंकाली कप्तान एञ्जेलो मेथ्युजलाई हेरिरहेका छन्, जसले डुमिनीको अभाव पूर्ति गर्नेछ ।

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय