Comments Add Comment

किन यौन सम्बन्धमा महिलाहरु उदासिन हुन्छन् ?

अक्सर महिलाहरु यौन सम्बन्धका लागि अग्रसर हुँदैनन् । के देखिन्छ भने, केवल आफ्ना पति एवं पार्टनरलाई सन्तुष्ट र खुसी तुल्याउन मात्र उनीहरु यौन सम्बन्ध राख्छन् । महिलाको यही प्रवृत्तिले गर्दा कति पुरुषले उनीहरुमाथि शंकाको दृष्टिले समेत हेर्ने गर्छन् । यौन जीवनमा साथ नदिएकै कारण कतिले पत्नीमाथि दोष थोपर्छन् ।

यस्तो छ कारण

हर्मोनल परिवर्तन – महिलाहरु किन यौनमा त्यती सक्रिय हुँदैनन्, जति पुरुष हुन्छन् ? यसमा केही शारीरिक र मानसिक कारण जोडिएका छन् । अध्ययनहरुमा के देखिएको छ भने महिलाहरुको हर्मोनल परिवर्तनले उनीहरुमा यौन इच्छा घट्न सक्छ ।

गर्भनिरोधक औषधीको सेवन- महिलाहरुले प्रयोग गर्ने गर्भनिरोधक औषधीले उनीहरुको हर्मोनमा परिवर्तन गर्छ । यसले पनि महिलाहरुमा यौनप्रति रुची घटाउँछ ।

रोगको संक्रमण- त्यस्तै पाटेघरको संक्रमणको संभावना पनि महिलालाई धेरै हुने गर्छ । यस्तो अवस्थामा उनीहरुका निम्ति यौन सम्पर्क पीडादायी बन्छ । यौन वा पिसावसम्बन्धी संक्रमणले समेत महिलालाई यौनमा अरुची जगाउँछ । त्यसबाहेक महिलाहरु बढी नै कामको तनावमा हुन्छन् ।

मानसिक तनाव- भान्सा सम्हाल्नुपर्ने, छोराछोरीलाई ख्वाउनु, खेलाउनु पर्ने, सासु ससुरा स्यहार्नुपर्ने जस्ता कारणले उनीहरुको दैनिकी बोझिलो बन्छ । यसले उनीहरुमा शारीरिक तथा मानसिक थकान हुने गर्छ, फलत यौनमा सक्रिय हुन जाँगर चल्दैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment