Comments Add Comment

मधेसीलाई गाली गर्दैमा एमाले राष्ट्रवादी पार्टी हुँदैनः देउवा

१८ चैत, विराटनगर । नेपाली कांगे्रसका सभापति शेरवहादुर देउवाले मधेसी जनतालाई गाली गर्दैमा एमाले पार्टी राष्ट्रवादी पार्टी हुन नसक्ने बताएका छन् । एमालेले विना कारण मधेसी र पहाडीबीच मतभेद सृजना गरेर दलहरुबीच अविश्वासको वातावरण बनाएको उनको आरोप छ ।

कांग्रेस मोरङको सातौं जिल्ला सम्मेलनलाई बिराटनगरमा सम्वोधन गर्दै सभापति देउवाले भने, ‘एमालेकै कारण नै दलहरुवीच अविश्वासको दुरी वढेको छ ।’

उनले अघि भने, यही कारण मुलुक गम्भीर संकटमा फस्न लागेको छ ।

उनले मधेसी जनतालाई गाली गर्दैमा एमाले राष्ट्रवादी पार्टी हुन नसक्ने वताए । सवैलाई मिलाएर लाने पार्टी मात्र राष्ट्रवादी पार्टी हुने भन्दै पूर्व प्रधानमन्त्री देउवाले भने, ‘वर्षौदेखि मिलेर वसेको समाजलाई खलबल्याउने एमाले पार्टी हो । यो कुनैपनि हालतमा राष्ट्रवादी पार्टी हुन सक्दैन ।’

एमालेप्रति आक्रामक रुपमा प्रस्तु भएका देउवाले भने, मधेसका जनतालाई नै अविश्वास नगर्ने एमाले कसरी राष्ट्रवादी पार्टी हुनसक्छ ?

एमालेले राष्ट्रवादीको नाममा देशलाई विखण्डनतर्फ धकेल्न खोजेको देउवाको आरोप थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment