+
+

पाथिभरा जाँदै गरेका तिर्थयात्रीको मृत्यु

रविन भट्टराई रविन भट्टराई
२०७३ चैत १९ गते १२:०७

१९ चैत, काठमाडौं । ताप्लेजुङमा रहेको प्रशिद्ध तिर्थस्थल पाथिभरा जाँदै गरेका एक तिर्थयात्रिको गएराति मृत्यू भएको छ । मृत्यू हुनेमा मोरङ टंकिसिनिबारी १ निवासी ५० वर्षीय कुमार बानियाँ रहेका छन् ।

आठ जनाको टोलि सँगै पाथिभरा जाँदै गरेका बानियाँ भालुगौडे पुगेपछि बेहोस भएका थिए । उनको सोही स्थानमा प्राथमिक उपचार गरी थप उपचारका लागि जिल्ला अस्पताल ताप्लेजुङ ल्याउने तयारी गर्दा गर्दै मृत्यू भएको प्रहरीले बताएको छ ।

उनको शव पोष्टमाटमका लागि जिल्ला अस्पताल ताप्लेजुङमा राखिएको छ । बानियाँ नेपाल विद्युत प्राधिकरण इलाम शाखामा प्राविधिक पदमा कार्यरत थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?