+
+

हाइकुः साकुरा

प्रकाश पौडेल 'माइला' प्रकाश पौडेल 'माइला'
२०७३ चैत १९ गते ११:००

तिम्रो पर्खाइ
साकुराको फेदमा
म बुढो भए ।

फुल्यो साकुरा
उमंगको खेलमा
युगल जोडी ।

भुइँ रङ्गिँदै
साकुराको मौसम
खुला आकाश ।

साकुरा हेर्दै
बतास मुस्कुरायो
जुन बिलायो ।

धुम्म आलोक
साकुराको गर्जन
प्रफुल्ल मन ।

शीतल हावा
साकुराले फुरुरु
भुइँ रङ्गियो

तिम्रो साथमा
साकुरामय भयो
मेरो जीवन ।

एक अन्जुली
रङ्गीन साकुराले
तिम्रो स्वागत ।

भुल्नै नसक्ने
जापान र साकुरा
तिम्रो मुहार ।

मन खोतल्दै
साकुरा नियाल्दैछु
तिम्रो सम्झना ।

टाकुरा ताक्दै
साकुरा उत्सर्गमा
आफैं हराए ।

झरी बर्सिन्छ
जब फुल्छ साकुरा
मन तर्सिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?