Comments Add Comment

हावाहुरी र असिनाले ताप्लेजुङमा क्षति, दुई विद्यालयको छानो उडायो

 

२० चैत, ताप्लेजुङ । वर्षासँगै आएको हावा हुरीले ताप्लेजुङका विभिन्न स्थानका घर र विद्यालयको छाना उडाएको छ भने बालीनालीमा क्षति पुर्‍याएको छ ।

शनिवार साँझ आएको हावा हुरीले आठराई त्रिबेणी गाउँपालिका निगुरादिन स्थित जनकल्याण आधरभूत विद्यालय र हाङ्पाङ्को सिंह बाहिनी प्राविको भवनको छाना उडाउँदा लाखौंको क्षति भएको विद्यालय प्रशासनले बताएको छ ।

विद्यालयको छाना उडाउँदा विद्यालयमा भएका फर्निचर तथा शैक्षिक सामाग्रीमा क्षति पुगेको शिक्षक तुलसी सिटौलाले जनाए । यस्तै सोही गाउँपालिकाको फुलबारी, चाँगेलगायतका स्थानको एक दर्जन बढी घरमा हुरीले क्षति पुर्‍याएको प्रहरीले बताएको छ ।

जिल्लाभरका धेरै स्थानमा हावाहुरी र असिनाले क्षति पुर्‍याएको र त्यसको विवरण संकलन गर्ने काम भइरहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले बताएको छ । यस्तै हावाहुरीसहित आएको असिनाले फाक्तालुङ गाउँपालिकाको तापेथोक, लेलेप, खेजेनिमलगायत स्थानका स्थानीय कृषकले लगाएको नगदे तथा खाद्य बालीमा क्षति पुर्‍याएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment