Comments Add Comment

दुई यौनाङ्ग भएकी महिलाका दुःखः दुई वटा पाइन्ट लगाउनुपर्थ्यो

निक्की दुई यौनाङ्ग लिएर जन्मेकी थिइन् । यसबाट उनले धेरै दुःख पाइन् । १७ वर्षकी भएपछि मात्रै उनले आफ्ना दुई योनी भएको थाहा पाएकी थिइन् । उनको महिनावारी असामान्यरुपमा लामो हुन्थ्यो । यसले गर्दा असैह्य पीडाबाट गुगज्रिनुपर्थ्यो ।

निक्कीले पटक-पटक गर्भपतन गराइन् । अन्ततः उनले शल्यक्रिया गरेर आफ्नो गर्भाशय नै हटाउनुर्‍यो ।

महिनाबारीका बेला निक्की केही पनि गर्न सक्दिन थिइन् । उनको महिनावारी नै सातदेखि २८ दिनसम्म चल्थ्यो ।

‘एकपटक त ६ महिनासम्म निरन्तर रगत आइरह्यो । कयौंपटक म दुईवटा पाइन्ट लगाएर हिड्थेँ, किनकी सेनिटर नेपकिनले पनि एउटा सीमासम्म मात्रै काम गथ्र्यो,’ निक्कीले भनिन् ।

लगभग २० वर्षअगाडि निक्कीको भेट एन्डीसँग भएको थियो । सन् २०१४ मा उनीहरुले बिहे गरे । बिहेपछि दुवैलाई बच्चाको तिर्संना जाग्यो ।

निक्कीले भनिन्, ‘मैले तीनपटक गर्भपतन गराउनुपर्‍यो । जब मैले गर्भधारण गर्न चाहन्थेँ, गर्भपतन गराउनु परिहाल्थ्यो । यस्तोमा मेरो शरीरको उर्जा सकिँदै गएको थियो भने मन निराशाले भरिएको थियो ।’

विशेषज्ञहरुको भनाइ छ कि आनुवंशिक बिसंगतिका कारण दुई गुप्तांग हुनेगर्छ । अमेरिकाको मायो क्लिनिकका अनुसार गर्भाशयमा स्त्री भूण दुई साना ट्यूवहरु आपसमा मिलेर बन्छन् । तर, कहिलेकाहीँ यो प्रक्रिया अधुरै रहन्छ ।

ट्यूवहरु पूर्णरुपमा एकसाथ भएनन् भने दुई अलग-अलग संरचना विकसित हुन्छन् । कतिपय अवस्थामा एउटा एकदमै पातलो टिस्यू गुप्तांगमा विभाजित हुन्छ । यसको परिणामस्वरुप दुई गुप्तांग खुल्छन् । र दुई गर्भाशयसमेत हुन्छन् ।

मायो क्लिनिकको वेबसाइटमा भनिएको छ, ‘दुई गर्भाशय भएका भएका महिला हत्पति आमा बन्न सक्दैनन् । गर्भधारण भएपछि पनि गर्भपातको आशंका हुन्छ । यस्तो अवस्थामा किड्नीसँग जोडिएका समस्याको पनि सामना गर्नुपर्छ ।’

आखिरमा निक्कीले शल्यक्रियाबाट दुवै गर्भाशयलाई निकालिदिने निर्णय लिइन् । यसको मतलब अब उनी आमा बन्ने सम्भावना पूर्णरुपमा अन्त्य भएको छ । शल्यक्रियापछि आफू सामान्य गुप्तांग लिएर बाँचिरहेको निक्की बताउँछिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment