Comments Add Comment

बाघले बाख्रा झम्टिए जसरी लछारपछार गरियोः बाबुराम

२० चैत, काठमाडौं । निर्वाचन आयोगमा धर्ना दिने क्रममा पक्राउ परेका पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईसहितका नेताहरुमाथि प्रहरीले दुव्र्यवहार गरेको छ । भट्टराईले घटनाले लज्जाबोध भएको बताएका छन् ।

२ नम्बर गण हुँदै प्रहरी क्लब पुर्‍याएका नेताहरुलाई प्रहरीले साझँ नेताहरुलाई रिहा गरेका थिए । तर, नयाँ शक्तिका संयोजक भट्टराईले आफूहरुलाई किन पक्राउ गरिएको नखुलाएको भन्दै क्लब नछाड्ने अडान राखे ।

उनले उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिसँग पनि फोनमा सम्वाद गरे । आफूले निषेधित क्षेत्र तोडेको स्वीकार गर्दै कारबाही गर्न भनेको तर, गृहमन्त्रीले केही नभनेर फोन राखेको भट्टराईले बताए ।

लगतै प्रहरीले नेताहरुमाथि बल प्रयोग गरेको थियो, जसका कारण निकैबेर तनाव भएको थियो । प्रहरीले भट्टराईका साथै पूर्व सांसद हिसिला यमी, आफू लगायतलाई दुव्यर्वहार गरेको सांसद गंगा चौधरीले बताइन् ।

राति ८ बजेतिर प्रहरी क्लब छाडेका भट्टराईले सडकमै पत्रकार सम्मेलन गर्दै सर।कारको आलोचना गरे । उनले भने, ‘गणतन्त्र नेपालका प्रधानमन्त्री प्रचण्ड भएको बेला लोकतन्त्र र गणतन्त्रको उपहास देखियो ।’

घटनाबाट आफू लज्जीत भएको भन्दै उनले अघि भने, नेपालमा सही अर्थमा अझै लोकतन्त्र आएको रहेनछ । जनताको अधिकार, विधिको शासन, मानव अधिकार केही आएको रहेनछ भन्ने अनुभूत गरेँ ।’

[sam_list] आफूले निषेधित क्षेत्र तोडिएको स्वीकार गर्दै उनले पक्राउ पूर्जी दिन र कारबाही चलाउन गृहमन्त्रीसँग माग गरेको बताए । उनले भने, मैले निषेधित क्षेत्र तोडेकोमा दण्ड दिनुस् भने तर, केही नभनी फोन राख्नु हो ।’

साँझ काठमाडौं प्रहरी प्रमुख छविलाल जोशी आएको र कपटपूर्ण कुरा गरेको भन्दै उनले त्यसपछि आफूहरुमाथि अमानवीय व्यवहार भएको बताए । ‘बाघले बाख्रा घिसारेजस्तो लछारपछार गरियो’ उनले भने ।

यो लोकतन्त्रको उल्लंघनका साथै प्रतिगमन फर्किएको संकेत भएको उनले बताए । नयाँ शक्तिका नेता भट्टराईर्ले अब देशभर आन्दोलन गर्ने चेतावनी दिए ।
साथै उनले आफूमाथि भएको दुव्र्यवहारको छानविन गरी कारबाही गर्नु पर्ने माग राखेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment