+
+

शिवपुरी साहित्य सम्मान र पुरस्कार

अनलाइनखबर अनलाइनखबर
२०७३ चैत २१ गते १०:१७

काठमाडौं । शिवपुरी साहित्य समाजले आफ्नो वार्षिकोत्सवको अवसरमा विभिन्न सर्जक तथा साहित्यिक पत्रकारहरुलाई सम्मान गरेको छ ।

विष्णु–ंपुष्पा साहित्यिक पत्रकारिता सम्मानबाट हेटौंडाका देवराज खरेल, विराटनगरका गंगा सुवेदी र नुवाकोटका श्रीराम श्रेष्ठलाई जनही पाँच हजार नगदसहित सम्मान गरियो । यस्तै, तनहुँका गजलकार रुपक बनवासी र डोटीका विपिन सलामीलाई एक हजार एक सय एघार रुपैयाँ राशिको शिवपुरी गजल सम्मान दिइयो ।

नगद दुई हजार एक रुपियाँ राशिको मानशोभा प्रतिभा पुरस्कार अर्घाखाँचीका माधवराज चुँदाली र असीम सागरले प्राप्त गरे भने नरबहादुर भारती सम्मान रामप्रसाद ज्ञवाली र भगवान खड्कालाई दिइयो ।

सम्मान तथा पुरस्कार नेपाल साहित्यिक पत्रकार संघका सभापति नगेन्द्रराज शर्माले अर्पण गरेका थिए ।
समाजका सभापति प्राज्ञ वियोगी बुढाथोकीले साहित्यिक पत्रकार र स्रष्टाहरूको योगदानको कदर गर्ने उद्देश्यले सम्मान कार्यक्रम गर्ने गरिएको बताए ।

कार्यक्रममा विष्णुबहादुर सिंह, शंकर भारती, रमेश पौडेल, सोझो गाउँले, लीलाराज दाहाल, सुको साइबर, बाबु त्रिपाठी, असीम सागर, रुपक बनवासी, राबत, बादल घिमिरे, माधवराज चुँदाली लगायतले रचना पाठ गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?