+
+

सुख्खा पहिरोले सवारी पुर्दा २ को मृत्यु, राजमार्ग आज नखुल्ने (भिडियोसहित)

राजेन्द्र आचार्य राजेन्द्र आचार्य
२०७३ चैत २१ गते १२:०५

२१ चैत, चितवन। मुग्लिन-नारायणगढ सडक खण्डको घुमाउनेमा खसेको सुख्खा पहिरोले सवारी साधन पुर्दा २ जनाको मृत्यु भएको छ । अर्का दुई जनाको भने उद्दार गरिएको छ ।

लमजुङका १५ बर्षीय सञ्जीव राना र बीरगञ्जका ३६ बर्षीय बन्नु पटेलको भरतपुर मेडिकल कलेजमा उपचार भइरहेको छ ।

यो सडक विस्तारको काम भइरहेको छ । विहान १० बजेदेखि ४ बजेसम्म बाटो बन्द गरेर विस्तार गर्ने गरिएको छ । तर, सोमबार भरतपुर २० मा पर्ने घुमाउनेमा सुख्खा पहिरो खस्दा सडकमा गुडिरहेका सवारी परेका छन् ।

प्रहरीका अनुसार पहिरोमा ट्याकर, जिप, ट्रक र दुई वटा मोटरसाइकल परेको छ । ठूलठूला ढुंगाहरु नै खस्दा सवारी साधनमा क्षति पुगेको छ ।

पुरिएका सवारीमा १० जना बढी पुरिएको अनुमान छ । अहिले उद्दार टोली घटनास्थल पुगिसकेको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाकाे  उद्दार टोली घटनास्थल पुगेको छ ।  प्रहरीका अनुसार आज सडक खुल्ने सम्भावना निकै कम छ ।

चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्ट, नेपाल प्रहरीका एसपी दीपक थापा लगायतका सरकारी टोली अहिले घटनास्थल पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?