+
+

बियर पिउन दिनहुँ बारमा जान्छ यो जिराफ !

अनलाइनखबर अनलाइनखबर
२०७३ चैत २२ गते १०:४१

रक्सी पिउनका लागि मानिसहरु बार तथा रेष्टुरेन्ट धाउने गरेको त देखिएकै हो । त्यसैले मानिस रक्सी खानका लागि रेष्टुरेन्ट तथा बार धाउने कुरा कुनै समाचारमा लेखिरहनु परेन । तर जब मानिसको साटो कुनै जंगली जनावर रक्सी खानका लागि बारमा धाउँछ, तब त्यो महाआश्चर्य हुन्छ र पक्कैपनि ठूलै समाचार बन्दछ ।

दक्षिण अपि|mकामा भएको छ यस्तै । जोहानेसबर्गमा एउटा जंगली जिराफ हरेक दिन रक्सी खानका लागि स्थानीय एक बारमा छिर्ने गरेको छ ।

जोहानेसबर्गको लायन पार्कमा रहेको छ उक्त जिराफ । जिराफलाई बियर यति मिठो लाग्छ की ऊ दिनहुँ पार्क नजिक रहेको एउटा बारमा मूड फ्रेस बनाउनका लागि छिर्ने गर्दछ ।

बियर पिउन दिनहुँ आउने जिराफलाई देख्नेहरु आश्चर्यमा नपर्ने कुरै भएन । बारमा छिरिसकेपछि आफ्ना खानपिनका चिजवस्तु तर्फ आँखा लगाउँछ उसले ।

वास्तवमा उक्त जिराफ त्यस बारका लागि फलिफाप भएको छ । जिराफ हेर्नकै लागि धेरै आगन्तुकहरु बारमा आउनाले उक्त बारको व्यापार मालामाल भएको छ । त्यसैले दिनहुँ जिराफकै प्रतिक्षामा हुन्छन् बारका मालिक ।

२० फिट अग्लो उक्त जिराफ बारमा आएर बियर पिउँछ, केही दिएको खानेकुरा खान्छ र आफ्नै पार्कमा फर्किन्छ । उसका लागि बारले हरेक दिन खानेकुरा तथा बियर तयारी अवस्थामा राखेको हुन्छ । -एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?