+
+

विधेयक पास गराउन सांसद्लाई विदेश घुमाउँदै सरकार

अनलाइनखबर अनलाइनखबर
२०७३ चैत २३ गते ६:५५

२३ चैत, काठमाडौं । सहकारी तथा गरिबी निवारण मन्त्रालयले तयार गरेको सहकारी ऐन संशोधनको मस्यौता पारित गरेबापत सांसद्हरु विदेश भ्रमणमा जान लागेका छन् । विधयेकमा आपत्ति जनाउँदै आएका सांसद्हरु विदेश जान पाउने भएपछि मस्यौदा पारित हुने भएको छ ।
विश्वव्यापी मान्यताविपरीत निजी क्षेत्रलाई जस्तै सहकारीलाई लगानी गर्न दिने र पदाधिकारीलाई कार्यकारी अधिकारीसहित कर्मचारीको रुपमा काम गर्न दिनेलगायतका प्रस्ताव राखेर सांसद्हरुले विधयेकमा अवरोध गर्दै आएको खबर आजको नयाँ पत्रिका दैनिकले लेखेको छ ।

सहकारी विधेयकमा अवरोध गर्दै आएका सांसद्हरु थाइल्यान्ड र कोरियाको भ्रमण गर्न पाउने भएपछि शिथिल छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?