+

पहिरोमा मृत्यु भएका खेलाडीका परिवारले भेटे गृहमन्त्री

२०८१ कात्तिक  १३ गते १९:२९ २०८१ कात्तिक १३ गते १९:२९
पहिरोमा मृत्यु भएका खेलाडीका परिवारले भेटे गृहमन्त्री

१३ कात्तिक, हेटौंडा । मकवानपुरको इन्द्रसरोबर गाउँपालिकामा ६ जना विद्यार्थी खेलाडीको पहिरोले पुरिएर मृत्यु भएको घटनाको छानबिन गर्न परिवारका सदस्यहरुले माग गरेका छन् ।

मृतक खेलाडीका परिवारले मंगलबार गृहमन्त्री रमेश लेखकसँग भेट गरेर उक्त घटनामा दोषीलाई कारबाही गर्न माग गरेका मृतक खेलाडी परिवारका ललितबहादुर घलानले बताए ।

उनीहरुले ९ कात्तिकमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि भेटेर छानबिन आयोग बनाएर दोषिमाथि कारबाही गर्न माग गरेका थिए ।

परिवारले यसअघि नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई पनि दोषीलाई कारबाहीका लागि पहल गरिदिन आग्रह गरेका थिए ।

१२ असोजमा इन्द्रसरोबर–३, सिस्नेरीस्थित बत्सलादेवी माविको एन्फा एकेडेमीमा रहेका ४० जना खेलाडीमध्ये ६ जनाको बिहान ६ बजे पहिरोले पुरिएर मृत्यु भएको थियो ।

कुलेखानी जलविद्युत केन्द्रबाट साढे ५ बजे दुई वटा ढोका खोलेर पानी छोडेपछि कुलेखानी खोलामा बाढी आएकाले खोला छेउको एकेडेमी भवनबाट टेकर गाउँतर्फ जान लाग्दा ती बालकहरु पहिरोमा पुरिएका थिए ।

पहिरोमा पुरिएर सर्लाहीका १३ वर्षीय आदित्य बलमपाकी, काठमाडौं कलंकीका ११ वर्षीय प्रियान्स आचार्य, मकवानपुर हेटौंडाका १४ वर्षीय अनुपम घलान, मकवानपुरगढी घरभएका १४ वर्षीय साईमन योञ्जन, बारा निजगढका १४ वर्षीय विकल रेग्मी र मकवानपुर सिस्नेरीका १४ वर्षीय दिवस बानियाँको मृत्यु भएको थियो ।

लापरबाहीका कारण दुःखद् र भयानक घटना भएको परिवारको जिकिर छ । पीडितपरिवारले नेपाल विद्युत प्राधिकरण, एकेडेमी सञ्चालक अखिल नेपाल फुटबल संघ (एन्फा) र एकेडेमीको व्यवस्थापकीय जिम्मेवारी लिएको बत्सलादेवी माविको ब्यवस्थापन समिति दोषी रहेको परिवारका सदस्यहरुले बताएका छन् ।

फुटबल बाढीपहिरो मकवानपुर
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय