+
+

एलन मस्कको अपिल : विकिपिडिया वामपन्थीले कब्जा गरेका छन्, आर्थिक सहयोग नगरौं

एजेन्सी एजेन्सी
२०८१ कात्तिक १२ गते १०:०९

सोसल मिडिया प्लाटफर्म एक्सका मालिक अर्बपति एलन मस्कले नि:शुल्क अनलाइन ज्ञानकोश विकिपिडियालाई आर्थिक दान नगर्न मानिसहरुलाई अपिल गरेका छन् ।

सोसल मिडिया प्लाटफर्म एक्समा गरेको एक पोस्टमा मस्कले विकिपिडिया चरम वामपन्थी कार्यकर्ताको नियन्त्रणमा रहेको आरोप लगाउँदै लेखेका छन्–विकिपिडिया चरम वामपन्थीद्वारा नियन्त्रण गरिएको छ, मानिसहरुले विकिपिडियालाई आर्थिक दान दिन बन्द गर्नुपर्छ ।

यद्यपि टेस्ला तथा स्पेस एक्सका संस्थापक मस्कले विकिपिडियामाथि वामपन्थी विचारधारा फैलाउने गरेको आरोप लगाएको यो पहिलोपटक होइन ।

मस्कले एक्समा गरेको आफ्नो पछिल्लो पोस्टमा एक अमेरिकी वेबसाइट पाइरेट वायरमा प्रकाशित रिपोर्टको हवाला दिएका छन् । उक्त रिपोर्टमा दाबी गरिएको छ कि करिब ४० जना विकिपिडिया सम्पादकहरुको एक समूहले इजरायललाई अवैध तथा गलत देखाउने, कट्टरपन्थी इस्लामिक समुहहरुलाई सकारात्मक रुप्मा प्रस्तुत गर्न तथा इजरायल प्यालेस्टाइन युद्धमा सीमान्त विचारहरुलाई मुख्य विचारधाराको रुपमा प्रस्तुत गर्ने प्रयास गरिरहेका छन् ।

स्मरण रहोस् अर्बपति एलन मस्क अमेरिकी राष्ट्रपतिका रिपब्लिकन पदका उम्मेदवार तथा पूर्वअमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थक हुन् । विकिपिडियालाई कट्टर वामपन्थी कार्यकर्ताले नियन्त्रण गर्ने भएकाले दान दिन बन्द गर्नुपर्ने उनको भनाइ छ ।

पाइरेट वायरको रिपोर्ट अनुसार गतवर्ष अक्टोबर ७ मा इजरायलमा हमासले गरेको आक्रमणको ६ हप्तापछि एकजना सम्पादकले विकिपिडियामा हमासको पेजबाट उसको १९८८ को बडापत्रको सन्दर्भ हटाइदिए, जसमा यहुदीहरुको विरुद्धमा हिंसा तथा इजरायलको विनाशको आह्वान गरिएको थियो ।

रिपोर्ट अनुसार उक्त समूहले विभिन्न लेखहरुमा इरानी सरकारका हितलाई बढावा दिने प्रयास गरेका छन् जसमा इरानका अधिकारीहरुद्वारा मानव अधिकार अपराधसँग सम्बन्धित महत्वपूर्ण जानकारीहरु हटाउने कार्य पनि सामेल छन् ।

लेखकको बारेमा
एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?