+
+

भिक्टोरियन ब्याडमिन्टन टुर्नामेन्टको छैटौ संस्करण मेल्बर्नमा सम्पन्न

अनलाइनखबर अनलाइनखबर
२०७३ चैत २४ गते १४:५१

बासुदेव मरहट्ठा । ६ अप्रील, मेल्बर्न । नेपाली एसोसिएसन अफ भिक्टोरिया (न्याभ) र इस्टर्न वारीयर स्पोर्टस क्लबको संयुक्त आयोजनामा सञ्चालन भएको भिक्टोरियन ब्याडमिन्टन टुर्नामेन्ट सम्पन्न भएको छ ।

यही अप्रील २ मा भएको प्रतियोगितामा पुरुष एकलतर्फ निस्चल खत्री बिजयी भएका छन् भने जगत लिम्बु फस्ट रनरअप र रेवन्त बस्नेतले सेकेन्ड रनरअपको उपाधी हात पारेकाछन् ।

यसैगरी महिला एकल तर्फ एशा गुरुङ विजयी भएकी छन् । आर्या पोखरेल फस्ट रनरअप र आएशा पोखरेलले सेकेन्ड रनरअपको उपाधी हात पारेकाछन् ।

प्रतियोगितामा पुरुष डबलतर्फ जीवन गुरुङ र गुम गुरुङको जोडी विजयी भएको छ भने सत्य शाह र राजु घिमिरेको जोडी फस्ट रनरअप र शुभ पोखरेल र विज्ञान कंडेलको जोडीले सेकेन्ड रनरअपको उपाधी हात पारेको छ ।

यसै गरी महिला डबलतर्फ माया गुरुङ र अस्मि गुरुङको जोडी विजयी भएको छ भने सरिता थापा र कुश्मी गुरुङको जोडी फस्ट रनरअप र ममाता केसी र लीला भण्डारीको जोडीले सेकेन्ड रनरअपको उपाधी हात पारेकाछन् ।

यसैगरी सोही प्रतियोगितामा महिला तथा पुरुष डबलतर्फ रेवन्त बस्नेत र एशा गुरुङको टिम विजयी भएको छ ।  निस्चल खत्री र आर्या पोखरेल फस्ट रनरअप र सत्य शाह र अएशा पोखरेलको टिमले सेकेन्ड रनरअपको उपाधी हात पारेकाछन् ।

प्रतियोगितामा सञ्चालन भएको भेटेरान पुरुष एकल तर्फको खेलमा सिड्नीका सञ्जय श्रेष्ठ विजयी भएकाछन् भने प्रताप श्रेष्ठ फस्ट रनरअप र गम गुरुङले सेकेन्ड रनरअपको उपाधी हात पार्न सफल भएकाछन् ।

यसैगरी डबल तर्फ सिताराम जोशी र सञ्जय श्रेष्ठको जोडी विजयी हुदा बालकृष्ण सुबेदी र बिष्णु हमालको जोडीले फस्ट रनरअप र मधु पोखरेल र प्रताप श्रेष्ठको जोडीले सेकेन्ड रनरअपको उपाधी हात पारेकाछन् ।

यसैगरी १५ बर्ष भन्दा मुनिको खेलमा अनुष्का पोखरेल विजयी, शंकर पोखरेल फस्ट रनरअप र इन्शा अधिकारी सेकेन्ड रनरअप भएका छन् । साथै १० बर्षमुनिको खेलमा आर्यन पोखरेल विजयी भएकाछन् । शिद्धार्थ सुबेदी फस्ट रनरअप र निर्बाणी सुबेदी सेकेन्ड रनरअप भएका छन । भिक्टोरियन ब्याड्मिन्टन टुर्नामेन्टको यो छैटौ संस्करण हो ।

प्रतियोगिताको समापन कार्यक्रममा टुर्नामेन्ट आयोजनामा सहकार्य गर्ने इस्टर्न वारीयर क्लबका संयोजकहरु जोग लिम्बु, प्रतियोगिताका संयोजक मधुसुदन पोखरेल र भास्कर आमात्यका साथै पुरस्कार बितरण समारोहमा उपस्थित ब्याड्मिन्टन भिक्टोरियाका स्टेट डाइरेक्टर क्रेग हेडकलाई न्याभले धन्यवादसमेत दिएको छ ।

प्रतियोगितालाई ब्याड्मिन्टन भिक्टोरियालेसमेत सहयोग गरेको न्याभका अध्यक्ष डा.अनुपम पोखरेलले जानकारी दिए । गत अप्रील २ देखि सुरु भएको प्रतियोगितामा भिक्टोरियाका रिजनल टाउनहरु बालाराट, गिप्स्ल्यान्ड र सिड्नीबाट गरी ८० जना भन्दा बढी खेलाडीहरुले भाग लिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?