Comments Add Comment

निधिलाई रामचन्द्रको समर्थन, पार्टी बैठकमा भने- कांग्रेसले दोस्रो वरियता पाउनु पर्छ

२५ चैत, काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल वरियता विवादमा विमलेन्द्र निधिको पक्षमा उभिएका छन् ।

स्थानीय चुनावको घोषणापत्रबारे सुझाव लिन बोलाइएको केन्द्रीय कार्यसमिति र सांसदहरुको बैठकमा पौडेलले सरकारलेमा कांग्रेसले दोस्रो वरियता पाउनु पर्ने बताए । ‘वरियता विवादमा रामचन्द्र दाइले बोल्नु भएको छ, उहाँले सबैभन्दा ठूलो दल कांग्रेसले दोस्रो वरियता पाउनुपर्छ’ एक नेताले भने ।

पौडेलले अनलाइनखबरसँग भने, यो वरियताको प्रश्न व्यक्तिगत विषय नभएर पार्टीको प्रतिष्ठासँग जोडिएको छ ।’

यसबारे धेरै नेताले भने बोलेनन् । प्रचण्ड सरकारमा निधि र उपप्रधान एवं स्थानीय विकासमन्त्री कमल थापाबीच वरियता विवाद चलिरहेको छ ।

सरकारमा पार्टीको नेतृत्व गरेका निधिले दोस्रो वरियता नपाए राजीनामा दिने चेतावनी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment