Comments Add Comment

वर्षमानलाई प्रदीप ज्ञवालीको जवाफः माओवादीले चुनाव सार्न खोज्दैछ

'गलत कुरा गरेर आफ्नै राजनीतिक स्तर नघटाउनोस्'

२६ चैत, काठमाडौं । नेकपा एमालेले स्थानीय चुनाव कात्तिकमा सार्न प्रस्ताव गरेको माओवादी नेता वर्षमान पुनको भनाइप्रति एमाले सचिव प्रदीप ज्ञवालीले आपत्ति जनाएका छन् ।

एमाले आगामी बैशाख ३१ मै चुनाव हुनुपर्छ भन्ने पक्षमा रहेको बताउँदै ज्ञवालीले अनलाइनखबरसँग भने- ‘एमालेले चुनाव सार्न प्रस्ताव गर्‍यो भन्ने वर्षमानजीको भनाइ सरासर झूठ कुृरा हो, यस्तो भ्रामक कुरा गरेर आफ्नो राजनीतिक स्तर नघटाउन म उहाँलाई सुझाव दिन्छु ।’

एमालेले चुनाव सार्न नचाहेको तर माओवादीले नै अनेक बाहाना बनाएर सार्न खोजिरहेको ज्ञवालीले बताए । उनले भने- ‘एमाले चुनाब हुनैपर्ने पक्षमा छ, तर सत्तारुढ पार्टीले नै विभिन्न बाहाना बनाएर बैशाख ३१ को चुनाव पछि धकेल्ने षडयन्त्र गरिरहेको छ ।’

माओवादी नेता वर्षमान पुनले शुक्रबार बुटवलमा प्रेस सेन्टरले आयोजना गरेको कार्यक्रममा बोल्दै एमालेले चुनाव कात्तिकमा सार्न प्रस्ताव गरेको बताएका थिए । चुनाव सारिए सरकारमा आउने एमालेले प्रस्ताव राखेको पुनले बताएका थिए ।

यो पनि पढ्नुहोस्

वर्षमानको दाबीः एमालेले कात्तिकमा चुनाव गरौं, सरकारमा आउँछु भन्यो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment