+
+

४३ लागे ‘माग्ने बुढा’

अनलाइनखबर अनलाइनखबर
२०७३ चैत २८ गते १०:३५

हाँस्य कलाकार केदार घिमिरे ‘माग्ने बुढा’ ४३ वर्ष लागेका छन् । टेलिश्रृङ्खला ‘मेरी बास्सै’बाट चर्चामा आएका केदार गएको वर्ष अल्सरको बिरामी भएका थिए । लामो समय उपचारपछि उनी पूर्ण रुपमा निको भएका छन् ।

२०३२ सालमा मकवानपुरमा जन्मेका केदारले कलेज पढ्न काठमाडौं आउने क्रममा कलंकीमा क्यासेट पसल सञ्चालन गरेका थिए । २०५८ सालमा रेडियो एचबीसीबाट उनको कलायात्रा सुरु भएको थियो । सन्तोष पन्त निर्देशित ‘हिजो आजको कुरा’बाट अभिनय सुरु गरेका केदार ‘मेरी बास्सै’वाट अत्याधिक चर्चामा आएका थिए ।

सर्वाधिक सफल चलचित्र ‘छक्का पञ्जा’को कलाकार एवं निर्माता केदार ‘छक्का पञ्जा’को सुटिङपछि बिरामी परेका थिए । बिरामी हुँदा केही समय अभिनयमा निस्त्रिmय केदारको अहिले काममा सक्रियता बढेको छ । पछिल्लो समय ‘खास खुस’ नाम राखेर सिरियल निर्माण गरेका केदारले केहि म्युजिक भिडियो र विज्ञापनमा समेत अभिनय गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?