+
+

दीपक मनाङेको फिल्म ‘कंगारु’को शीर्ष भूमिकामा माग्ने बुढा अनुबन्धित

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर १९ गते १२:१८

काठमाडौं । ‘छक्कापञ्जा’ फेम्ड अभिनेता केदार घिमिरे ‘माग्ने बुढा’ आगामी फिल्म ‘कंगारु’को शीर्ष भूमिकामा अनुबन्धित भएका छन् । गण्डकी प्रदेश सांसद राजीव गुरुङ (दीपक मनाङे)ले निर्माण गर्न लागेको यो फिल्ममा केदार जोडिएका हुन् ।

सोमबार निर्माता र उनीबीच लिखित सम्झौता भएको छ । ‘छक्कापञ्जा’ समूहभन्दा बाहिर रहेर केदारले पहिलोपटक फिल्म खेल्न लागेका हुन् । ‘यो फिल्म खेल्न म उत्साहित छु,’ उनले भने ।

यो फिल्मलाई सम्राट बस्नेतले निर्देशन गर्दैछन् । फिल्ममा तीन शीर्ष अभिनेत्री हुने भनिए पनि कास्टिङबारे उल्लेख छैन । फिल्मलाई नेपाल र अष्ट्रेलियामा छायांकन गर्ने निर्माताको तयारी छ । माग्ने बुढा मंसिर अन्त्यदेखि दीपकराज गिरी र दीपाश्री निरौलासहितको फिल्मको छायांकनमा व्यस्त हुनेछन् । ‘कंगारु’लाई भने फागुनदेखि सुटिङ गर्ने तयारी छ ।

फुलमून मोसन पिक्चर्स र उत्तरगया म्युजिक एण्ड फिल्मसँग आस्याप इन्टरटेनमेन्टको सहकार्यमा फिल्म ‘कंगारु’ निर्माण हुन लागेको हो । फिल्ममा प्रेम थापा, धनबहादुर गुरुङ र लक्ष्मी राई निर्माताको रुपमा छन् ।

दीपकराज गिरी र केदार घिमिरेले कम्तीमा केही वर्षसम्म आमा सरस्वती मुभिजको ब्यानरभन्दा बाहिरका फिल्ममा पनि काम गर्ने समझदारी गरेका छन् । जसबारे अनलाइनखबरले पहिले नै खबर सार्वजनिक गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?