Comments Add Comment

मन्त्रिपरिषद् बैठक बस्दै, संशोधनको नयाँ विधेयक अघि बढाउने सम्भावना

२८ चैत, काठमाडौं । लामो समयदेखि बस्न नसकेको मन्त्रिपरिषद् बैठक आज बोलाइएको छ । बैठक दिउँसो ३ बजे बोलाइएको छ ।

बैठकले संविधान संशोधनको नयाँ विधेयक पास गर्ने सम्भावना रहेको स्रोतले बताएको छ ।

सरकारले मधेसी मोर्चाको माग सम्बोधन गर्न भन्दै नयाँ संशोधन विधेयक बनाएको छ । यसका लागि संसदको प्रक्रियामा रहेको विधेयक फिर्ता लिइनेछ ।

र, सीमांकनलाई आयोगमार्फट टुंगो लगाउने गरी अन्य पाँच विषयमा संशोधन विधेयक बनाइएको छ ।

तयार भयो संविधान संशोधनको नयाँ विधेयक

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment