Comments Add Comment

कुनै पनि हालतमा वैशाख ३१ मै निर्वाचन हुन्छ : मन्त्री थापा

 ३० चैत, भक्तपुर । स्वास्थ्यमन्त्री गगन थापाले कुनै पनि बहानामा वैशाख ३१ गतेको स्थानीय तहको निर्वाचनको मिति नसर्ने बताएका छ्न् ।

नेपाली काँग्रेस मध्यपुर थिमि नगर समितिले बुधबार थिमिको भुँलाखेलमा आयोजित शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री थापाले दुई वा दुईभन्दा बढी चरणमा भए पनि निर्वाचन हुने तर वैशाख ३१ गतेको मिति हेरफेर नहुने बताएकाहुन् ।

उनले कार्यकर्तालाई आश्वस्त पार्दै भने, ‘आकाश खसे पनि धर्ती फाटे पनि वैशाख ३१ गतेको निर्वाचन सर्दैन ढुक्क हुनुहोस् ।’ मन्त्री थापाले प्रमुख प्रतिपक्ष नेकपा (एमाले) र मधेसवादी दललाई जिम्मेवार ढङ्गले प्रस्तुत हुन पनि आग्रहसमेत गरेकाछन् ।

संविधानको सफल कार्यान्वयनको एक मात्र कडी स्थानीय तहको निर्वाचन भएको बताउँदै मन्त्री थापाले एमाले र मधेसवादी दललाई सरकारले संसद्मा दर्ता गरेको संविधान संशोधनको प्रस्तावलाई प्रस्थान विन्दु मानेर सहमतिमा आउन आग्रहसमेत गरे ।

समयमा निर्वाचन नभए संविधान असफल हुने र त्यसले मुलुकमा बिखण्डनवादी हाबी हुने बताउँदै मधेसबिना निर्वाचन सम्भव नभएकाले संविधान संशोधनको संशोधित प्रस्ताव संसद्मा दर्ता गरेको जानकारी दिए ।

कार्यक्रममा सांसद रामेश्वरप्रसाद ढुङ्गेलले संविधान निर्माणको नेतृत्वमा निर्माण भएको संविधानको सफल कार्यान्वयनको जिम्मेवारी नेपाली काँग्रेसको भएकाले यसलाई सफल बनाउन स्थानीय तहको निर्वाचनमा काँग्रेसको पक्षमा मतदान गर्न आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment