३० चैत, बुटवल । गुल्मीको भार्सेको पर्यटन विकासका लागि बुधबारदेखि चार दिने साईक्लिङ्ग तथा प्याराग्लाईडिङ्ग कार्यक्रम सुरु भएको छ ।
गुल्मी भार्सेली युवा विश्व सञ्जालको आयोजनामा सुरु भएको कार्यक्रमको बुटवलमा बुधबार बुटवल उपमहानगरपालिकाका वरिष्ठ अधिकृत विष्णु खनालले उद्घाटन गरे ।
‘राईड फर भार्से, फलाईड फर भार्से’ भन्ने नारासहित सुरु भएको साईक्लिङ्ग यात्रा भार्से पुगेर प्याराग्लाईडिङ्ग समेत गरिने आयोजक सञ्जालका संयोजक किशन थापाले बताए ।
भार्सेको पर्यटन विकाससंगै स्थानीयलाई आयआर्जनको वातावरण सृजना गराउने उद्देश्यका साथ नयाँ वर्षको अवसरमा वृहत राष्ट्रिय साईक्लिङ्ग र प्याराग्लाईडिङ्ग कार्यक्रमको आयोजना गरिएको उनले बताए ।
गुल्मीको थाप्लले लेक, सापढुङ्गा, पोखरी, तामाखानी लगायतका स्थानलाई संरक्षण गरि पर्यटकिय क्षेत्रका रुपमा विकास गर्दै लैजाने लक्ष्य रहेको समेत उनले बताए ।
कार्यक्रमको उद्घाटन विश्व साईकलयात्री पुष्कर शाह, प्रमुख राष्ट्रिय प्याराग्लाईडिङ्ग प्रशिक्षक सानुबाबु सुनुवारले गरेका थिए ।
मानव स्वस्थ्यका लागि साईक्लिङ्गको महत्व रहेको कुरा समेत यो कार्यक्रमले सन्देश दिने उनले बताए ।
साइकिलिङ ४ दिनसम्म चल्नेछ । उनीहरु रुपन्देहीको बुटवल,पाल्पा,गुल्मीको रिडी हुदै भार्षेबाट स्याङ्जा हुदै बुटवल र्फकने जनाइएको छ ।
प्रतिक्रिया 4