Comments Add Comment

सलमान खानको फिटनेस फर्मुलाः कसरी देखिने आकर्षक ?

सलमान खान अक्सर फिल्मा आफ्नो वस्त्र उतार्छन्, ताकि आफ्नो सुगठीत शरीर देखियोस् । हुन पनि ‘दबंग ब्वाइ’को अनुहार मात्र होइन, शरीर पनि आकर्षक छ । वितेको १५ बर्ष यता उनले आफ्नो शरीरलाई ‘फिट एन्ड फाइन’ राखेका छन् । उमेरले ५० बर्ष नाघेपनि उनको शरीरमा बुढ्यौलीको कुनै संकेत देखिदैन । उनी एकदम जवान र तन्दुरुस्त छन् । कसरी ?

सलमान तन्दुरुस्त देखिनुको कारण हो, व्यायाम । उनी हरेक दिन व्यायाम गर्छन्, शरीरलाई फिट राख्न । यदि व्यस्तताको कारण बिहान व्यायाम गर्न भ्याएन भने राती समेत व्यायाम गर्छन् । व्यायामसँगै उनको खान्की पनि हेल्दी हुनेगर्छ । बिगतमा जस्तो उनी स्वादिलो खानेकुरा मात्र खोज्दैनन्, स्वास्थ्यको पनि ख्याल राख्छन् ।

– नास्तामा सलमान ४ वटा अन्डा र लो फ्याट दुध लिन्छन् । उनी अन्डाको केवल सेतो भाग मात्र सेवन गर्छन् ।

– उनी वर्क आउटअघि र पछि डाइट लिन्छन् । वर्कआउट पहिला २ वटा अन्डाको सेतो भाग र प्रोटिन शेक र वर्कआउट पछि बदाम, ओट्स र अन्डाको सेतो भाग लिन्छन् ।

– सलमान लन्चमा ननभेज खान रुचाउँछन् । ननभेजमा उनी फ्राइड फिस र मटन खान्छन् । साथमा फल र सलाद पनि हुन्छ ।
– उनी स्न्याक्समा नट्स लिन्छन् । डिनरमा सुप, चिकन र सब्जी सामेल हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment