Comments Add Comment

विपिनदेखि मेनुकासम्म, जसको चरित्रले दर्शकको मन जित्यो

आज बर्ष २०७३ को अन्तिम दिन । भोलीबाट नयाँ बर्ष २०७४ सालको आगमन हुँदैछ । यो बर्ष नेपाली चलचित्रका लागि सुखद भयो भन्न नमिल्ला । तर, कमजोर भयो भनेर दुःख मान्नु पर्ने अवस्था पनि छैन । रिलिज भएका ७ दर्जन बढी चलचित्रमध्ये आधा दर्जनले राम्रो कमाई गरे भने केहिले लगानी उठाए ।

यो बर्ष रिलिज भएका चलचित्रमध्ये केहि चलचित्रमा यस्ता पात्रहरु पनि जन्मिए, जसलाई दर्शकले निकै रुचाए । आज, हामी यहाँ त्यस्ता केहि चलचित्रको चर्चा गर्दैछौ, जसको भूमिकाले चलचित्र हिट बनाउन त मद्दत पुर्‍यायो नै, उनीहरुलाई पनि दर्शकले राम्रोसँग नोटिस गरे ।

१. विपिन कार्कीः यो बर्ष कलाकार विपिन कार्कीले दर्शकको मन जिते । चलचित्र ‘जात्रा’ र ‘लुट २’मा उनले निर्वाहा गरेको भूमिकालाई दर्शकले औधी रुचाए । विशेषगरि, चलचित्र ‘जात्रा’मा पुस्तक पसल संचालन गरेका एक व्यापारिको भूमिकालाई दर्शकले निकै रुचाए । उनकै भूमिकाका कारण चलचित्रले राम्रो व्यापार पनि गर्‍यो । गतबर्ष, चलचित्र ‘पशुपति प्रसाद’मा ‘भष्मे डन’को रुपमा परिचित विपिनले यो बर्ष ‘जात्रा’मा सामान्य पारिवारिक हैसियत भएको व्यापारीको भूमिका निर्वाहा गरे । यस्तै, चलचित्र ‘लुट २’मा मल्टिस्टार कलाकार भएपनि उनको भूमिकाले दर्शकलाई होल्ड गर्‍यो ।

२. सलोन बस्नेतः हुनत, एउटा सिंगै चलचित्र होल्ड गर्ने क्षमता राख्ने कलाकार हुन् सलोन बस्नेत । तर, अनमोल केसी जस्ता सुपरस्टार भएको चलचित्र ‘गाजलु’मा सलोन हावी भए । सलोनले निर्वाहा गरेको चुलवुले यूवकको भूमिकालाई दर्शकले निकै मन पराए । सलोनले नेपाली चलचित्रमा स्टारडम त बनाउन सकेका छैनन्, तर चलचित्रको पर्दा भित्र उनी राम्रैसँग हावी हुने गरेका छन् ।

३. मेनुका प्रधानः नायिका भन्दा पनि मेनुकालाई दर्शकले एउटी राम्रो अभिनय गर्न सक्ने कलाकारको रुपमा चिन्छन् । चलचित्र ‘गाजलु’ र ‘पुरानो डुङ्गा’मा उनले निर्वाहा गरेको भूमिकालाई दर्शकले मन पराए । मेनुकाले चलचित्र ‘पुरानो डुङ्गा’मा निर्वाहा गरेको एक सामान्य माझीको श्रीमतिको भूमिकालाई दर्शकले औधी रुचाए । चलचित्रले गाली गाएपनि, मेनुकाले पनि ताली खाइन् । उनी, एक अब्बल कलाकारको रुपमा दहरिइन् । यस्तै, यहि चलचित्रमा मेनुकाको श्रीमान्को भूमिका निर्वाहा गरेका माओत्से गुरुङलाई पनि दर्शकले संझिए ।

४. वुद्धि तामाङः चलचित्र ‘कबड्डी’मा ‘हैट’ संवाद बोलेर चर्चामा आएका वुद्धि तामाङले यो बर्ष चलचित्र ‘छक्का पन्जा’का कारण दर्शकको मन जिते । यो चलचित्रमा हाँस्य कलाकारहरुको जमघट नै भएपनि वुद्धि फरक देखिए । साथै, उनले ‘लालजोडी’ लगायतका अन्य केहि चलचित्रमा पनि अभिनय गरे । उनले पनि एउटा छाप यो बर्ष दर्शकमाझ छाडे ।

५. केदार घिमिरेः चलचित्र ‘छक्का पन्जा’ होल्ड गर्नमा कलाकार केदार घिमिरे अर्थात ‘माग्ने बुढा’को ठूलो हात छ । चलचित्रमा हाँस्य कलाकारहरु धेरै भएपनि केदारले दर्शकको मन जिते । चलचित्र ‘छक्का पन्जा’मा ‘बाख्राको कान’ पोलेर खाने पात्रदेखि डनसम्म, उनले दर्शकको मनमा मिठो छाप छाडेका छन् ।

६. रविन्द्र झाः प्रदिप भट्टराइको निर्देशनमा बनेको चलचित्र ‘जात्रा’ले एक कलाकारलाई जन्म दियो, रविन्द्र झा । चलचित्र ‘जात्रा’मा उनले निर्वाहा गरेको मधेसी क्यारेक्टरलाई दर्शकले निकै रुचाए । निर्देशक प्रदिपले हरिवंश आचार्यको सहयोगमा रविन्द्रको समय एक महिनाका लागि लिएका थिए । उनै, रविन्द्र चलचित्रबाट एकाएक स्टार बने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment