+
+

कुलमानलाई हाइड्रो नेपाल एक्सीलेन्सी अवार्ड

अनलाइनखबर अनलाइनखबर
२०७३ चैत ३१ गते १९:३२

३१ चैत काठमाडौं । हाइड्रो नेपाल कम्पनीले बिद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हाइड्रो नेपाल एक्सीलेन्सी अवार्डबाट सम्मान गरेको छ ।

बिहिबार राजधानीमा कार्यक्रम ग्र हिाइड्रो नेपाललले कुलमानलाई सम्मान गरेको हो । कार्यक्रममा घिसिङले जनताको सहयोगका कारण लोडसेडिङ घटाउन सम्भव भएको बताएका छन् ।

जनताले आफ्नो उपभोग शैलिमा परिवर्तन ल्याएर आफुलाई सहयोग गरेको उनको भनाइ छ । उनले भने ‘चुहावट व्यवस्थापन र आयातका कारण लोडसेडिङ हटान सफल भएका छौ अब हाम्रो लक्ष्य भनेको जनतालाई गुणस्तरीय बिद्युत उपलब्ध गराउने हो । ‘
साथै उनले तामाकोसीको निर्माणमा एक दिन पनि सुस्तता ल्याउन नहुने बताएका छन् । कुलमानले थपे, ‘निर्माणका क्रममा मेरो जरुरत पर्छ भने एक महिनासम्म पनि यहि बस्न प्ीन् तयार छु भनेर मैले आफ्ना कर्मचारी साथीहरुलाई भनेको छु । ‘

कार्यक्रममा नेपालमा बिद्युत सम्भाव्यताको बारेमा अध्ययन गरेका डा. हरिमान श्रेष्ठलाई हाइड्रो एक्सीलेन्स अवार्डबाट सम्मान गरिएको छ । ८४ वषर्ीय श्रेष्ठले नेपालमा जलबिद्युतको सम्भावनाको बारेमा अध्ययन गर्दै ८३ हजार मेगावाट सम्भव भएको निष्कर्ष निकालेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?