Comments Add Comment

झण्डा फेर्नुपर्छ भन्नेहरु निद्रामा बर्बराएका हुन्ः क्याप्टेन विजय लामा

१ बैशाख, नेपालगन्ज । नेपालगञ्जमा राष्ट्रिय झण्डा दिवस मनाइएको छ । ईभेन्ट म्यानेजमेन्टको क्षेत्रमा क्रियाशील ‘अन्तराल’को व्यवस्थापनमा आयोजित कार्यक्रममा पाइलट एवं कलाकार बिजय लामाले झण्डा फेर्ने कुरा गर्ने अधिकार कसैलाई नभएको बताएका छन् ।

नेपालको राष्ट्रिय झण्डा संसारमै विशिष्ट भएको भन्दै उनले भने, ‘म राष्ट्रिय ध्वजाबाहक विमान चलाएर जाँदा बिदेशमा निक्कै सम्मान पाउने गरेको छ । चन्द्र र सूर्यमै सबै ब्रह्माण्ड अडेकाले यसको आफ्नो विषेशता र महत्व छ ।’

उनले नेपाली झण्डा फेर्नुपर्ने आवाज उठाउनेहरु निद्रामा बर्बराएको दाबी गरे । ‘विश्वमै आफ्नै विषेशता बोकेको चन्द्र सूर्य अंकित झण्डा फेर्न भन्नेहरु निद्रामै बर्बराएका हुन् । ब्युँझिएको बेलामा यस्तो शब्द निकाल्नै सक्दैनन्,’ उनले भने ।

उनले सबै नेपालीको मनमुटुमा रहेको झण्डा फेर्ने कुरा गर्ने अधिकार कसैलाई नभएको बताए ।

पत्रकार महासंघका पूर्वअध्यक्ष धमेन्द्र झाले काठमाडौंले राष्ट्रियताको प्रयोग मात्र गर्न जानेको आरोप लगाए । ‘राष्ट्रियतालाई आफ्नो अनुकुल प्रयोग गर्ने जमात बढ्दो छ तर, म त्यस्ता व्यक्तिलाई भन्न चाहन्छु,’ उनले भने, ‘राष्ट्रियता काठमाडौंमा होइन । नेपालगञ्जमा छ । काठमाडौंले त प्रयोग गर्न मात्र जानेको छ ।’

बाँकेका प्रमुख जिल्ला अधिकारी रविलाल पन्थले राष्ट्रिय झण्डाको मान र सम्मान सबैले राख्नुपर्ने दायित्व भएपनि यसको निर्देशिका पालना हुनुपर्नेमा जोड लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment