Comments Add Comment

पहिरो खसेपछि नारायणगढ-मुग्लिन सडक अवरुद्ध

१ वैशाख, चितवन । नारायणगढ मुग्लिन सडकखण्डको चारकिलो भन्ने ठाउँमा शुक्रबार बिहानदेखि सुक्खा पहिरो खसेपछि सडक अवरुद्ध बनेको छ ।

नारायणगढ-मुग्लिन सडक आयोजनाका इन्जिनियर शिव खनालका अनुसार पहिरो पन्छाउने काम थालिएको छ । थप पहिरो नखसेमा केही समयभित्रमा सडक सञ्चालनमा आउने उनले बताए ।

यद्यपि तीन दिनयता सो ठाउँमा पहिरो खसिरहेकाले यकिन भन्न नसकिएको उनले बताए ।  तीन दिनअघि सोही ठाउँमा खसेको पहिरोले बोलेरो जिप पुरिएको भए पनि मानवीय क्षति हुनबाट जोगिएको थियो ।

पहिरो बढी खसेपछि बिहान ९ः१५ बजेबाट सडक अवरुद्ध भएको हो । सडक स्तरोन्नतिका क्रममा भित्तो काटिएको ठाउँमा पहिरो खसेको हो ।

करिब ३५ मिटर माथिबाट पहिरो खसेको होे । पहिरो खसेको ठाउँ मुग्लिनबाट चार किलोमिटर नारायणगढतर्फ कालीखोला र पाँचकिलोको वीचमा पर्दछ ।

दैनिक बिहान १० बजेबाट ४ बजेसम्म सडक रोकेर काम हुँदै आएको छ । सडक रोक्नु अघि बाटो कट्न छिरेका ठूलो सङ्ख्यामा सवारीसाधन सडक अवरुद्ध भएपछि जाममा परेको प्रहरीले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment