Comments Add Comment

अबरुद्ध नारायणगढ-मुगलिन सडक खुल्याे


१ वैशाख, चितवन । सुख्खा पहिरोका कारण अबरुद्ध भएको नारायणगढ-मुग्लिन सडकखण्ड सञ्चालनमा आएको छ ।

शुक्रबार विहान सुख्खा पहिलो खस्दा केही समय सडक अबरुद्ध भएको थियो ।

सडक आयोजनाका इन्जिनियर शिव खनालले पहिरो पन्छाउने काम सकिएसंगै सवारीसाधान सञ्चालनमा आएको बताए ।

तीन दिनयता सो ठाउँमा पहिरो खसिरहेकाले थियो । तीन दिनअघि सोही ठाउँमा खसेको पहिरोले बोलेरो जिप पुरिएको भए पनि मानवीय क्षति हुनबाट जोगिएको थियो ।

शुक्रबार विहान पहिरो बढी खसेपछि बिहान ९ः१५ बजेबाट सडक अवरुद्ध भएको थियो । सडक स्तरोन्नतिका क्रममा भित्तो काटिएको ठाउँमा पहिरो खसेको हो ।

करिब ३५ मिटर माथिबाट पहिरो खसेको होे । पहिरो खसेको ठाउँ मुग्लिनबाट चार किलोमिटर नारायणगढतर्फ कालीखोला र पाँचकिलोको वीचमा पर्दछ ।
दैनिक बिहान १० बजेबाट ४ बजेसम्म सडक रोकेर काम हुँदै आएको छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment