Comments Add Comment

गर्मीमा लामखुट्टेबाट बच्ने ६ काइदा

गर्मी सिजनमा लामखुट्टेले धेरै दुख दिन्छ । मच्छड रोगको स्रोत समेत हो । कतिपय सरुवा रोगहरु यसैको माध्यामबाट सर्ने गर्छ । त्यसैले सकेसम्म यसको टोकाइबाट बच्नुपर्छ । तर कसरी ? यस्तो छ उपाय ।

१. सरसफाई

लामखुट्टेले फोहोरमा आश्रय लिन्छ । प्रदूषित ठाँउमा यो चाडै फैलन्छ, हुर्कन्छ । त्यसैले लामखुट्टेबाट बच्ने सबैभन्दा दीर्घकालिन उपाय भनेको घर आसपासको सरसफाई हो । घरबाट निस्कने फोहोर, मैलाको व्यवस्थित बिसर्जन गर्नुपर्छ ।

२. पानी जम्न नदिने

लामखुट्टेले स्थिर एवं जमेको पानीमा अन्डा पार्ने, बच्चा हुर्काउने गर्छ । त्यसैले यसलाई निर्मूल पार्नका लागि लामखुट्टे हुर्कन नदिनु नै सर्बोत्तम उपाय हो । घर वरिपरी फोहोर पानी जम्न नदिने । भाँडा बर्तन सफा गरेको पानीलाई बगैंचा वा अन्यत्र बगेर जाने ब्यबस्था गर्न सकिन्छ ।

३. झ्याल ढोकामा जाली

गर्मीको सिजनमा कोठामा हावा आउजाउ गर्ने ब्यबस्था हुनुपर्छ । तर, यसका लागि झ्याल ढोका खुला छाड्दा लामखुट्टे पस्छ । त्यसैले झ्याल ढोकामा जाली लगाउनु राम्रो बिकल्प हो । यसले गर्दा न झुल ओड्नु पर्छ, न धूप नै बाल्नुपर्छ ।

४. झुलको प्रयोग

लामखु्ट्टे भगाउनका लागि धेरैले धूपको प्रयोग गर्छन् । अहिले विद्युतिय धूप पनि प्रचलनमा छ । तर, यस्तो धूप रातभर प्रयोग गर्दा श्वास प्रश्वास प्रक्रियामा असर गर्छ । दमको रोगीहरुका लागि त यो झनै हानिकारक छ । त्यसैले सकेसम्म झुलको प्रयोग नै उपयोगी हुन्छ ।

५. बैकल्पिक उपाय

लामखुट्टे भगाउनका लागि घरेलु उपाय पनि अपनाउन सकिन्छ । जस्तो कि, कोठामा कपुर जलाएर केहि मिनेट सबै झ्याल ढोका बन्द गर्ने । यसो गर्दा घरभित्र पसेको लामखुट्टे मर्छ ।

६. तुलसीको बोट

आर्युबेदिक पद्धतीबाट समेत लामखुट्टे भगाउन सकिन्छ, भलै यो प्रयोग सबैको लागि सहज नहुन पनि सक्छ । घरको झ्याल ढोकामा तुलसीको बोट रोप्नाले पनि लामखुट्टेको प्रकोप कम हुने बताइन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment