Comments Add Comment

ड्रामा क्वीनको नयाँ ड्रामा, राखी देखिइन् बुर्कामा

बलिउडकी ड्रामा क्वीन राखी सावन्त चर्चामा आउनका लागि अनेक हर्कत गर्छिन् । अहिले उनको एउटा भिडियो खुब भाइरल भइरहेको छ ।

यस भिडियोमा राखीले बुर्का लगाएकी छिन् र उनलाई चिन्न निकै गाह्रो पर्छ । खासमा उनी अहिले कतारमा छिन् । यहाँ छोटो लुगा लगाउनु गैरकानूनी मानिन्छ । त्यसैले राखीले बुर्खा लगाइन् र सेख बनिन् ।

यस भिडियोमा राखीले कतारमा एउटा पसलको प्रचार गरिरहेकी छिन् । यसअघि उनको एउटा भिडियो भाइरल भएको थियो जसमा उनी कपडा फेरिरहेकी देखिन्थिन् ।

हालै राखीले रामायणका रचयिता महषिर् वाल्मिकीका विरुद्ध आपत्तिजनक टिप्पणी गरेकी थिइन् । यो मामलामा उनलाई ९ मार्चमा अदालतमा हाजिर हुनुपर्ने थियो । तर उनी गइनन् । त्यसपछि अदालतले उनको विरुद्ध अरेस्ट वारेन्ट जारी गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment