Comments Add Comment

बालकृष्ण ढुंगेललाई पक्राउ गर्न आदेश दिएकोमा बैद्यको आपत्ति

२ बैशाख, काठमाडौं । मोहन बैद्य किरण नेतृत्वको क्रान्तिकारी माओवादीले पूर्वसभासद बालकृष्ण ढुंगेललाई ७ दिनभित्र पक्राउ गर्न सर्वोच्चले दिएको आदेश शान्ति सम्झौता विपरित भएको बताएको छ ।

बैद्यले शनिबार विज्ञप्ति जारी गर्दै सर्वोच्चको आदेशप्रति आफ्नो ध्यानाकर्षण भएको बताएका छन् ।

शान्ति सम्झौताअनुसार जनयुद्धकालीन मुद्दा तत्काल फिर्ता लिइनु पर्नेमा दश वर्षसम्म नभएको र सत्यनिरुपण तथा मेल मिलाप आयोगमा पनि नगएको भन्दै बैद्यले भनेका छन्, ‘शान्ति सम्झौताको गंभीर उल्लघन हुँदा पनि राज्य मूकदर्शक रहनु र त्यसवारे कुनै पनि पहल नगरिनु दुःखद विडम्वनाको विषय हो ।’

जनयुद्धको नेतृत्व गरेका प्रचण्ड सरकारमा बनिसरहने र कार्यकर्ताउत्पीडित बन्नु गंभीर चिन्ताको विषय भएको बैद्यले बताएका छन् । उनले भनेका छन्, शान्ति सम्झौता अनुरुप जनयुद्धकालीन मुद्दाहरुको अविलम्व खारेजी र बाँकी रहन गएका जनयुद्धकालीन मुद्दाहरुबारे उक्त आयोगहरु मार्फत् मेलमिलापको व्यवस्था गर्नका लागि सरकारसित सशक्त तथा जोडदार माग गर्दछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment