Comments Add Comment

रुस्लान गल्फको उपाधि मिथुनलाई

३ बैशाख, काठमाडौं । रुस्लान गल्फ प्रतियोगिताको उपाधि मिथुन राईले जितेका छन् ।

रोयल नेपाल गल्फ क्लवमा शुक्रबार र शनिबार चलेको प्रतियोगितामा कुल ७२ अंकका साग ग्रोस बिजेताको रुपमा मिथुन राईले दुई जनाका लागि काठमाडौं-बैंकक-काठमाडौंका लागि टूर प्याकेज पुरस्कार पाए ।

ज्ावलाखेल ग्रुप अफ इण्डष्ट्रिज अन्र्तगतको हिमालयन डिष्टीलरीले प्रायोजन गरेको प्रतियोगितामा प्रतीमा शेर्पा र मेजर जेनरल दमनबहादुर घलेले समान ६७ अङकका साथ महिला र सिनियर तर्फको उपाधि जिते ।

रोयल नेपाल गल्फ क्लवका प्रबन्ध निर्देशक रविन्द्रमान श्रेष्ठ, हिमालयन डिस्टिलरीका प्रबन्ध निर्देशक राजबहादुर शाह लगायतले बिजेतालाई पुरस्कार बितरण गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment