+
+
Shares

जिम्मेवारीविहीन बने डिआइजी चन्द

अनलाइनखबर अनलाइनखबर
२०७४ वैशाख ५ गते ७:०२


५ वैशाख, काठमाडौं । सरकारले प्रहरी महानिरीक्षक (आइजिपी) मा प्रकाश अर्याल नियुक्त गरेपछि डिआइजी जयबहादुर चन्द तत्कालका लागि जिम्मेवारीविहीन बनेका छन् । सर्वोचच अदालतले चन्दलाई आइजिपीमा नियुक्त गर्ने सरकारको फैसला उल्टाएपछि उनी फेरि नियुक्त हुने सम्भावना समाप्त भएको थियो ।

सरकारले अर्याललाई गत सोमबार आइजिपी नियुक्त नगर्दासम्म चन्दले प्रहरी प्रधान कार्यालयको प्रशासन विभागमा हाजि गरेका थिए । अर्याल आइजिपी भएपछि चन्दले गृहसचिवसँग हाजिर गरिरहेको बताए ।

फागुन १ गते सरकारले आइजिपी नियुक्त गर्नुअघि चन्द अपराध अनुसन्धान विभागअन्तर्गत लागूऔषध नियन्त्रण ब्युरो (एनसिबी) को प्रमुख थिए । आइजी नियुक्त भएलगत्तै उनले एनसिबिको जिम्मेवारी हस्तान्तरण गरी प्रहरी प्रधान कार्यालयमा हाजिर गर्न थालेका थिए । सरकारको निर्णयमा सर्वोच्चले अन्तरिम आदेश जारी गरेपछि पनि उनले हेर्डक्वर्टरमै हाजिर गरिरहेको आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?