+
+

भलिबल प्रतियोगितासहित नयाँ वर्षको स्वागत गरे साउदीका नेपालीले

अनलाइनखबर अनलाइनखबर
२०७४ वैशाख ६ गते १३:३६


१९ अप्रील, साउदी । साउदी अवसरमा रहेका नेपालीहरुले पनि नयाँ वर्ष २०७४ को स्वागत गरेका छन् ।

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् साउदी अरब माताहातमा रहेको ताबुक क्षेत्रीय समितले शुभकामना आदान प्रदान तथा भलिवल प्रतियोगिता कार्यक्रम गरी नयाँ वर्षको स्वागत गरेको हो ।

नयाँ वर्षको शुभकामना आदनप्रदान सहित आयोजना गरिएको खुल्ला भलिबल प्रतियोगिता ताबुकमा कृयाशील एनआरएनएहरूले प्रवासमा रहेका नेपालीहरूलाई एकीकृत गर्न आयोजना गरिएको जनाइएको छ ।

बिभिन्न चरणमा बिभाजित कार्यक्रमको उद्घाटन ताबुक क्षेत्रीय अध्यक्ष तथा कार्यक्रमका सभापति समेत रहेका अर्जुन थापाले गरेका थिए ।

आरसिसी सचिव मनोज बरालद्वारा संचालित कार्यक्रममा एनआरएनए राष्ट्रिय समन्वय परिषद्का सदस्य बद्री बिमलीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा ताबुक क्षेत्रीय समितिका संस्थापक भक्त हमाल तथा नेपाली जन प्रगतिशिल मोर्चा साउदी अरबका अध्यक्ष मानबहादुर सहकारी, ताबुक क्षेत्रीय समितिमा आवद्ध पदाधिकारीहरू, भलिवल खेलाडीहरू लगायत खेलप्रेमि नेपालीहरूको उल्लेख्य जमघट थियो ।

ताबुक आसपासका क्षेत्रहरूबाट ८ र सकाकाबाट एक गरी कुल ९ वटा भलिवल टिमवीच भएको प्रतियोगिता निकै प्रतिस्प्रधा भएको थियो ।

प्रतियोगिता मनवा भलिवल टिमले प्रथम स्थान ओगट्न सफल भएको थियो भने आस्ट्रा र आरामको टिम क्रमशः द्धितीय र तृतीय स्थान हासिल गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?