Comments Add Comment

नेपालगञ्जको प्रमुखमा माओवादीका तीनजना सिफारिस, कोहलपुरमा न्यौपाने सर्बसम्मत


६ बैशाख, नेपालगन्ज । नेकपा माओवादी केन्द्रले बाँकेका ६ गाउँपालिका, एक नगरपालिका र एक उपमहानगरपालिकामा पार्टीको तर्फबाट प्रमुख, उपप्रमुखको नाम सिफारिस गरेको छ ।

माओवादी केन्द्र नेपालगन्ज उपमहानगरपालिका कमिटीका अध्यक्ष गोपाल पुनले दिएको जानकारी अनुसार नेपालगन्ज उपहानगरपालिकाबाट मेयरमा अतहर हुसेन फारुकी, नविन शर्मा र दामोदर आचार्यको नाम सिफारिस भएको छ । यसैगरी उपमेयरमा पार्वती पुन उषा, शिला श्रेष्ठ र सर्वतआरा अन्सारीको नाम सिफारिस भएको छ ।

यसैगरी कोहलपुर नगरपालिकाबाट नरेन्द्र न्यौपाने मेयरमा र देवी थारु उपमेयरमा सर्बसम्मत रुपमा सिफारिसमा परेका छन् ।

नेता पुनले दिएको जानकारी अनुसार डुडुवा गाउँपालिका प्रमुखमा भोला यादव र उपप्रमुखमा प्रेमा शाहीको नाम सिफारिस भएको छ ।

जानकी गाउँपालिकामा रक्षाराम बर्माको नाम प्रमुखमा सिफारिस भएको छ भने उपप्रमुखमा नाम टुंगो लागिसकेको छैन ।

बैजनाथपुर र खजुरा गाउँपालिकामा उम्मेदवार धेरै भएका कारण कसैको पनि नाम टुंगोे लाग्न सकेको छैन ।

बाँकेको सुदूरपूर्वको राप्ती सोनारी गाउँपालिकमा २०६४ सालको संविधान सभाका सभासद समेत रहेका पट्टु थारुको नाम प्रमुखमा सिफारिस भएको छ । त्यहाँबाट रेणुका खड्का र आस्माली पुनको नाम उपप्रमुखमा सिफारिस भएको माओवादी केन्द्र बाँकेले जनाएको छ ।

नरैनापुर गाउपालिकामा मेराज खाँको नाम सिफारिस भए पनि उपप्रमुखमा कसैको पनि नाम टुंगो लागेको छैन ।

पार्टीले सर्बसम्बत रुपमा आएका नामलाई उम्मेवार बनाउने गरी अनुमोदनको लागि प्रदेश कमिटीमा पठाउने र सर्वसम्मत रुपमा नाम आउन नसके आउँदो ९ गते जसरी पनि पार्टीको तर्फबाट उम्मेदवारको नाम सार्वजनिक रुपमा घोषणा गरिने नेता पुनले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment