Comments Add Comment

कमल थापालाई निर्वाचन आयोगको जवाफः कानुन विपरित काम गर्न दबाव नदिनू

६ बैशाख, काठमाडौं । विधानबाट ‘हिन्दु राष्ट्र र राजसंस्था’ हटाउने निर्णयप्रति सत्तारुढ राप्रपाको असन्तुष्टिबारे निर्वाचनले आफ्नो मौनता तोडेको छ र, कानुन विपरित काम गर्न दबाव नदिन चेतावनी दिएको छ ।

आयोग आफ्नो निर्णयमा अडिग देखिएको छ । आफूले संविधान र कानून अनुसार काम गरिरहेको भन्दै आयोगले उपप्रधानमन्त्री तथा रापप्राका अध्यक्ष कमल थापको अभिव्यक्तिप्रति र राप्रपाको गतिविधिप्रति आपत्ति जनाएको छ ।

राप्रपाले आयोगले गरेको निर्णय जलाएको भन्दै आयोगले विज्ञप्ति जारी गर्दै भनेको छ, मन्त्रिपरिषद्को वरिष्ठ सदस्यसमेत रहेको दलको तर्फबाट भएका त्यस प्रकारका विज्ञप्ति र क्रियाकलापबाट आयोग मर्माहत भएको छ ।’

राप्रपाले निर्णय पुनर्विचार गर्न भनेर कानून विपरित काम गर्न दबाब दिएको भन्दै आयोगले गम्भीर आपत्ति जनाएको छ । साथै यस्ता गतिविधिहरू दोहोर्‍याउन राप्रपालाई चेतावनी दिएको छ ।

राप्रपाले आयोगलाई निर्णय सच्याउन दबाव दिँदै आएको छ । र, उसले हालै मात्र आयोगको निर्णयको प्रति जलाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment