+
+

झापामा आज माओवादीको शक्ति प्रदर्शन, प्रचण्डले सम्बोधन गर्ने

अनलाइनखबर अनलाइनखबर
२०७४ वैशाख ७ गते ९:२८

७ वैशाख, झापा । स्थानीय तह निर्वाचनलाई लक्षित गरी माओवादी केन्द्रले बिहीबार झापामा युवा मार्चपास तथा जनप्रदर्शन गर्दैछ ।

प्रदर्शनपछि विर्तामोडमा हुने सभालाई प्रधानमन्त्री एवम् माओवादी अध्यक्ष प्रचण्डले सम्बोधन गर्नेछन् ।

वाइसीएल नेपाल र अखिल क्रान्तिकारीको संयुक्त ब्यानरमा आयोजनामा हुने जनप्रदर्शनलाई माओवादीको शक्ति प्रदर्शनको रुपमा प्रचार गरिएको छ ।

जनप्रदर्शनलाई भब्य बनाउन माओवादी केन्द्रका सबै जनवर्गीय संगठनहरु सक्रिय छन् । ‘झापा जिल्लाको सिंगो पार्टी नै परिचालित भएको छ । यो एकप्रकारले चुनावी सभा नै हो,’ माओवादी केन्द्रका झापा जिल्ला इञ्चार्ज झलकसिंह दर्लामीले भने ।

जनप्रदर्शनलाई प्रधानमन्त्री प्रचण्ड, सञ्चारमन्त्री सुरेन्द्र कार्की, पूर्व मन्त्री गोपाल किराँती लगायतले सम्बोधन गर्नेछन् ।

जनप्रदर्शनमा २० हजार युवा विद्यार्थी उतारिने अखिल क्रान्तिकारीका उपाध्यक्ष सुरेन्द्र बस्नेतले बताए ।

कार्यक्रमको तयारीमा झापाका सबै गाउँ नगरका वडा र शिक्षण संस्थामा भेला बैठक गरिएको छ । गाउँ नगर सरसफाइ पनि गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?