
७ बैशाख, काठमाडौं । सरकारले धुर्मुस-सुन्तली फाउण्डेसनले महोत्तरीको बर्दिबासमा निर्माण गरेको एकीकृत नमूना वस्तीको रजिष्ट्रेशन वापत लाग्ने शुल्क छुट दिने निर्णय गरेको छ ।
बिहीबार बसेको मन्त्रिपरिषद बैठकले मुसहर बस्तीमा घर निर्माण गरी हस्तान्तरण गर्ने समयमा लिखत पास गर्दा लाग्ने रजिष्ट्रेशन दस्तुर छुट दिने निर्णय गरेको हो ।
धुर्मुस-सुन्तली फाउण्डेसनले बैशाख १ गते बस्ती हस्तान्तरण गरिसकेको छ ।
बैठकले बीपी कोइरालाको जन्मस्थान सिन्धुलीको दुम्जामा संग्रहालय तथा पार्क र पुष्पलाल श्रेष्ठको जन्मस्थान रामेछापमा पार्क निर्माण सम्बन्धमा विस्तृत अध्ययन प्रतिवेदन तयार पार्नका लागि ५०-५० लाख उपलब्ध गराउने निर्णय पनि गरेको छ ।
नेपाली सेनाका गौरव कुमार केसीलाई महासेनानीमा पदोन्नती गर्नुको साथै प्रधानसेनापती राजेन्द्र क्षेत्रीको अमेरिका भ्रमण पनि मन्त्रिपरिषद बैठकले स्वीकृत गरेको छ ।
यी समाचार पनि पढ्नुहोस्
प्रतिक्रिया 4