Comments Add Comment

‘त्रिदेव’ की हिरोइनले गरिन् दोस्रो बिहे

पुरानो जमानाकी ४४ वषिर्य बलिउड अभिनेत्री सोनमले दोस्रो विहे गरेकी छिन् । पुड्डुचेरीका डाक्टर मुरली पोडुवलसाग १४ अपि्रलमा बिहे गरेकी हुन् ।

पहिलो श्रीमानसाग सम्वन्धविच्छेद गर्न मुरलीले उनलाई सघाएका थिए । सोनमको पहिलो बिहे फिल्म निर्माता राजीव रायसाग भएको थियो ।

राजीवले ‘गुप्त’ जस्तो सुपरहिट फिल्म बनाएका थिए । करिब २५ वर्ष सागै बिताएपछि उनीहरुले अगष्ट २०१६ मा सम्वन्धविच्छेद गरेका थिए ।

‘आखिरी अदालत’ र ‘त्रिदेव’ जस्ता फिल्ममा देखिएकी सोनमले बिहेपछि फिल्म खेल्न छोडेकी थिइन् । पछिल्लो २६ वर्षदेखि उनी गुमनाम जिन्दगी बााचिरहेकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment