Comments Add Comment

आकाशबाट हिमाल नियाल्दा… (फोटो फिचर)

आँखा अगाडि सेताम्मे चुचुरा । कुनै आकाशै छेड्ने अग्ला त कुनै मझौला आकारका । अजंगसँग फैलिएका हिमशृंखला आकाशबाट हेर्दा अँगालोमा बेर्न सकिने जस्तै देखिए ।

हेलिकोप्टरबाट छोटो समयमै सगरमाथा क्षेत्रका हिमालहरुको अवलोकन गर्न सकिने भएपछि अहिले पर्यटकहरुको आकर्षण बढेको छ ।सर्वोच्च शिखर सगरमाथा हेर्न हामी नाम्चेबाट हेलिकोप्टर यात्रामा छौं । सुन्दर आमादब्लमसहित अन्य हिमालहरु लस्करै देखिए । तर, प्रतिकूल मौसमका कारण सगरमाथा बादलभित्र लुकामारी खेलिरहेको थियो ।

हेली यात्रा सुरु गर्नुअघि लुक्लादेखि सगरमाथाको प्रवेशद्वार नाम्चेसम्म पदयात्रामा पनि रमाउन सकिन्छ । त्यस क्रममा हिमाली जनजीवनका विविध प्राकृतिक छटाहरु नियाल्न पाइन्छ । पदयात्रामा भेटिने हिमाली बस्ती, छोर्तेन लगायतले दिने आकर्षण अनुपम हुन्छ ।

 

हेली यात्राका क्रममा ३६० डिग्रीमा सर्वोच्च शिखर सगरमाथा र अरु हिमालहरु आँखै अगाडि हेर्न सकिन्छ । हेली यात्रामा जाँदा ८,८४८ मिटरको सगरमाथा, आमादब्लम (६,८१४ मिटर), छुम्बु (६,८५९ मिटर), पुमोरी (७,१३८ मिटर), लिंगटेन (६,७४९ मिटर), खुम्बुत्से (६,६६५ मिटर), चाडगात्से (७,५४३ मिटर), नुप्तसे (७,८६१ मिटर), कोडमत्से (५८४९ मिटर) लगायतका हिमाल हेर्न सकिन्छ ।

हेली यात्रामा दुई रात तीन दिनको छोटो समयमै सगरमाथा क्षेत्रमा गएर हिमाली दृश्य हेरेर र्फकन सकिन्छ । यदि पदमार्ग हुँदै जाने हो भने सगरमाथाको आधारशिविर पुग्नै दस दिन लाग्छ ।

दुई रात तीन दिनको प्याकेज छ

ईश्वरी पौडेल

प्रबन्ध निर्देशक, हिमालयन गाइड

हिमाली क्षेत्रको भ्रमण गर्न बर्सेनि हजारौं पर्यटक नेपाल आउने गर्छन् । तर, सीमित समय छुट्याएर घुम्न आउने पर्यटकहरुलाई सगरमाथा क्षेत्रसम्म ल्याउन सकिएको छैन । यही कुरालाई ध्यान दिँदै हामीले दुई रात तीन दिनको प्याकेज ल्याएका हौं ।

यो अवधिमा सगरमाथासहित आसपासका अन्य हिमालको अवलोकन गरेर र्फकन सकिन्छ । यो प्याकेजमा सगरमाथाको प्रवेशद्वारसम्म पदयात्रा गराई त्यहाँबाट हेलिकोप्टरमा हिमालको दृश्यावलोकन गराइन्छ ।

काठमाडौंदेखि लुक्लासम्म हवाई यात्रा । त्यसपछि पहिलो दिनको बास मोन्जो । दोस्रो दिन मोन्जोदेखि पदयात्रा गरेर सगरमाथाको प्रवेशद्वार नाम्चेमा बास । तेस्रो दिन माउन्टेन फ्लाइटमा गोक्यो ताल, सगरमाथा, आमादब्लम हिमालको अवलोकन गरेर हेलिकोप्टरमै काठमाडौं फिर्ता ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment