Comments Add Comment

ऋषि कपुरले बताए, रणवीर कहिले आमाको पेटमा आएका थिए !

श्रीमतीले कहिले गर्भधारण गरेकी थिइन् भनेर श्रीमानले दुनियासामु सार्वजनिक गर्नु कति आवश्यक हुन्छ ? बलिउडका दिग्गज अभिनेता ऋषि कपुरले भने यो आवश्यक सम्झिए ।

आफ्नो बायोग्राफी ‘खुल्लम खुल्लाः ऋषि कपूर अनसेन्सर्ड’ मा उनले यसको खुलासा गरेका छन् । यसै वर्षको जनवरीमा आएको किताबमा उनले लेखेका छन्, ‘मलाई जहाँसम्म याद छ जब म प्रेमरोग फिल्मको मेरी किस्मतमे तु नहीँ शायद गीतको सुटिङमा थिएँ, त्यतिबेला नै नीतूले रणवीरलाई कन्सिभ गरेकी थिइन् ।’

निर्देशक राज कपूरको फिल्म प्रेमरोग ३१ जुलाई १९८२ मा रिलीज भएको थियो । फिल्ममा ऋषि कपूरको अपोजिटमा पद्मिनी कोल्हापुरे थिइन् । यो फिल्म रिलिज भएको दुई महिनापछि २८ सेप्टेम्बर १९८२ मा रणबीर कपूरको जन्म भएको थियोउ ।

ऋषि र नितूको जन्म २२ जनवरी १९८० मा भएको थियो । सोही वर्षको १५ सेप्टेम्बरमा नितूले छोरी रिद्धिमा कपूरलाई जन्माएकी थिइन् । -एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment