+
+

निर्वाचन आयोगले भन्यो- सरकारले जेठ १५ मा बजेट ल्याउन पाउँछ

अनलाइनखबर अनलाइनखबर
२०७४ वैशाख १२ गते १:१०

११ बैशाख, काठमाडौं । निर्वाचन आयोगले जेठ १५ मा बजेट ल्याउन निर्वाचन आचार संहिताले नरोक्ने बताएका छन् ।

सरकारले जेठ ३१ मा दोस्रो चरणको स्थानीय तहको निर्वाचन गर्ने निर्णय गरेपछि आयोगले सोमबार पत्रकार सम्मेलन गर्दै सरकारको नियमित कार्यक्रम र संवैधानिक व्यवस्था भएको भन्दै जेठ १५ मा बजेट ल्याउन सकिने बताएको छ ।

प्रमुख विपक्षी दल एमालेले भने बजेट ल्याएर दोस्रो चरणको चुनाव गर्न नमिल्ने बताएको थियो ।

तर, आयोगले बजेटका लागि आचारसंहिता नलाग्ने बताएको छ । यद्यपि मिल्छ भने बजेट चुनावपछि ल्याउन पनि सुझाव दिइएको प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले बताए ।

यदि जेठ १५ मा बजेट ल्याउने भए मतदातालाई प्रभावित पर्ने कार्यक्रम ल्याउन नपाउने आयोगले बताएको छ । साथै सरकारको नीति तथा कार्यक्रम बनाउँदा आयोगको परामर्श लिनु पर्ने प्रमुख निर्वाचन आयुक्त यादवले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?