Comments Add Comment

बाहुबलि-२ हेर्न २४ सयको टिकट

मुम्बई । हिन्दी चलचित्र ‘बाहुबलि-२’ हेर्न दर्शकले एउटा टिकटको २४ सय भारतीय रुपैंया तिर्नुपर्ने भएको छ । चलचित्र निर्माण संस्था र सिनेमा हल मिलेर टिकटको नयाँ दररेट सार्वजनिक गरेको भारतीय मिडियाले उल्लेख गरेको छ ।

यो रेट सबै हलमा भने होइन । सुविधा सम्पन्न हलमा ‘बाहुबलि-२’ हेर्न चाहनेले प्रति टिकट २४ सय भारतीय रुपैँया खर्च गर्नुपर्ने भएको छ । फिल्मको रिलिज तिथी नजिकिँदै जाँदा टिकट बुकिङ सुरु भएको छ भने टिकट बुकिङ समेत धमाधम भएको भारतीय मिडियाले लेखेको छ ।

कटप्पाले आफ्नै राजालाई कसरि धोका दिए ? बाहुबलि-२ हेरेपछि दर्शक प्रष्ट हुनेछन् । यो फिल्म तमिल, तेलगु, हिन्दीलगायत अन्य भाषामा समेत निर्माण भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment