Comments Add Comment

देवघाटको बृद्धाश्रमलाई गायक बिरही कार्कीको आर्थिक सहयोग

१३ बैशाख, तनहुँ । मातातीर्थ औंसीको अवसर पारी लोक गायक बिरही कार्कीले देवघाटमा रहेको देवघाट समाज कल्याण केन्द्र (वृद्धाश्रम) लाई आर्थिक सहयोग गरेका छन् ।

आश्रमको संरक्षण, सम्बर्द्धन र सम्मानका लागि दैनिक रु १ बाट १ करोड अभियानलाई कार्कीले फूलमाया कार्की फाउण्डेशनका तर्फबाट नगद दशहजार प्रदान गरेका हुन् ।

देवघाट क्षेत्र विकास समितिले सञ्चालन गरेको आश्रममा ३३ जना असाह्य वृद्धवृद्धा र बेसाहाराहरुले संरक्षण लिदै आएका छन् । कोषमा हालसम्म ९ लाख रकम संकलन भैसकेको छ ।

लोक तथा दोहोरी गायक कार्कीले आश्रममा रहेका वृद्धवृद्धाहरुलाई आफ्ना सांगीतिक प्रस्तुतीहरु सुनाएर केहीबेर नचाएका थिए । सो अवसरमा कार्कीले आश्रममा रहेका वृद्ध आमाहरुलाई मन्जु श्री असाह्य संरक्षण केन्द्रकी अध्यक्ष मन्जु खाँडको सहयोगमा साडी पनि बितरण गरेका थिए ।

यसैबीच, कार्कीले दिवंगत आमाको स्मृतीमा स्थापना गरेको फूलमाया कार्की फाउण्डेशनका तर्फबाट वेसहारा छोरीहरुको संरक्षणको क्षेत्रमा काम गर्दै आएको कुसुम साहारा घरका २ जना वालिकाहरुलाई कक्षा १ देखि १२ सम्म निशुल्क पढाउने घोषणा गरेका छन् ।

फाउण्डेशनका तर्फबाट अहिलेसम्म असाह्य, बेसाहारा ४ जना बालबालिकाहरुलाई निःशुल्क पढाउने काम गरिएको अध्यक्ष कार्कीले जानकारी दिए । गोरखाको पालुङ्टारमा रहेको ठाँटीपोखरी बालज्योती इंग्लिस बोडिङ स्कुलमा अध्ययनरत २ जना बालबालिकाहरुलाई फाउण्डेशनका तर्फबाट कार्कीले निःशुल्क पढाउदै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment